महिला संघको महाधिवेशन आजदेखि सुरु

nepal_mahila_sangh२८ भदौ काठमाडौँ ।
नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म हुनेछ ।महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले जानकारी दिइन् ।महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ । निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने छ ।पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले प्यानल बनाएर उमेदवारी दिने भएका छन् ।

नेता कृष्ण सिटौला समूहको संस्थापन पक्षसाग सहकार्य गरेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहबाट महासचिव लिने समझदारी भएको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ ।रामचन्द्र पौडेल पक्षले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ । पौडेल समूहले मंगलबार विहान भेला गरेर उम्मेदवार घोषणा गरेको थियो । पाण्डे पनि पूर्व अध्यक्ष हुन् ।महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधि सहभागी हुँदै छन् । त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी आउँदैछन् ।२००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।