माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट परीक्षण उत्पादन सुरु भयो

लमजुङ, भदौ २९ –
लमजुङ भुलभुलेको मस्र्याङ्दी नदीमा बन्दै गरेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले हिजोबाटआफ्नो परीक्षण उत्पादन सुरु गरेको छ ।नेपाल विद्युत प्राधिकरणका प्राविधिकसहितको टोलीले मंगलबार बिहान ११ बजे विद्युत गृहको दुईवटै टर्वाइन घुमाएर परीक्षण उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिनुभयो ।अधिकारीका अनुसार मंगलबार आयोजना स्थल भुलभुलेको ११ केभी प्रशारण लाइनबाट मध्यमस्र्याङ्दी ११ केभी प्रशारण लाइनमा एकसाथ परीक्षण गरिएको हो । यस आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानी छ ।आयोजना सम्पन्न भएसँगै लोडसेडिङ कटौती हुने विश्वास छ । यस आयोजना निर्माणका लागि १२ अर्ब रुपैयाँ खर्च अनुमान गरिए पनि नाकाबन्दी तथा विभिन्न आन्दोलनका कारण १४ अर्ब भन्दा बढी खर्च भएको आयोजनाको दाबी छ ।upperkarnali-640x300

 

Promise Education Consultancy