मान्नुहुन्छ ? बेहुलाले दिए बेहुलीलाई १० करोड दाइजो

एजेन्सी dowry
दाइजो भन्ने बित्तिकै हामीले के सोच्छौ ? बिहेमा केटीका परिवारले केटाका परिवारलाई दिइने नगद तथा जिन्सी उपहार भन्ने बुझिन्छ ।तर चीनमा एउटा यस्तो अचम्मको विवाह भएको छ , पत्याउनै मुस्किल पर्ने जहाँ आफुलाई मन परेकी युवतीसँग बिहे गर्नका लागि एकजना पुरुषले झण्डै १० करोड रुपैयाँ बराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ ।

चीनको फुजहो गाउँमा एउटा यस्तो विवाह भएको छ जहाँ बेहुलीको एक परिवार मालामाल भएको छ । त्यो परिवारले छोरी अन्माउनका लागि बेहुला पक्षबाट उपहारको रुपमा ६० लाख युआन अर्थात् झण्डै १० करोड रुपैयाँ प्राप्त गरेको छ ।मन परेकी युवतीलाई आफ्नी जिवनसाथी बनाउनका लागि करोडौँ मूल्य चुकाउने युवकको नाम चेन हो । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।