आज राष्ट्रिय बाल दिवस मनाइदै

सुर्य घिमिरे २९ भदौ, चितवन
आज भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइदैछ । यस वर्षको बालदिवसको नारा “सम्वर्धन बालअधिकारको कार्यान्वयन संविधानको’’ तय भएको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् , भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । दिवसको अवसरमा राधजानीको बसन्तपुरमा बालकेन्द्रित विशेष ज्ञानवर्द्धक प्रदर्शनी गरिने छ । त्यस्तै बालबालिकासँगको14358663_638325886334129_6373652126357025130_n अन्तर्क्िरया तथा सन्देशमूलक खेलहरू प्रदर्शन गरिने छ । दिवसको मूलनाराका बारेमा बालबालिकालाई चित्रबाट अभिव्यक्ति, बालबालिकाको सुझावका लागि गुनासो पेटिका समेत राख्ने कार्यक्रम रहेको छ ।यसैबिच चितवनमा पनि बाल दिवसको अवसरपारेर बिभिन्न कार्यक्रमको आयोजना गरीएको छ। नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।