जनजागृती उच्चमाविको विव्यस अध्यक्षमा पुन : मिश्रको नेतृत्व, एक बर्षदेखि विवाद मिल्यो

सरस्वती कुमारी शर्मा
चितवन, २८ भदौं । पूर्वी चितवनको रत्ननगर–१४ पिठुवामा रहेको जन जागृती उच्च माविको विद्यालय व्यस्थापन समितिको अध्यक्षमा शिक्षाप्रेमी रत्नबहादुर मिश्र चयन भएका छन् । निवृत प्रचार्य रहेका शिक्षाप्रेमी मिश्र तेश्रो पटक पनि पुन अध्यक्ष भएका हुन् । 14341859_853492428118783_685188483_n-copyविगत एक बर्ष देखि नया कार्य समिति निर्माण विवादमा रहेका विद्यालयमा मंगलबार सम्पन्न सर्वदलिय भेलाले रत्नबहादुर मिश्रको अध्यक्षतामा ९ सदस्ययी कार्यसमिति चयन गरेको हो । जसको सदस्यहरुमा लक्ष्मी न्यौपाने, अप्सरा दाहाल, वृद्धि पाण्डे, शोभा खनाल, विष्णु भण्डारी र सदस्य सचिवमा विद्यालयका प्रचार्य विनोद अधिकारी रहेका छन् । भने बाकी २ सदस्य पछि छनोट गरिने विद्यालयले जनाएको छ । नेपाली काग्रेसका दण्डपाण्ी लामिछाने, एमालेका हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका आमे लामिछाने, नया शक्तिका विल अधिकारी सहितको सर्वदलिय टोलीले १ बर्ष देखिको विवाद अत्न्य गर्दै नया कार्य समिती चयन गरेको हो । कार्यक्रम विद्यालय निरीक्षक रामकृष्ण सिंम्खडा प्रमुख अतिथि रहेका थिए । 14341384_853492491452110_2070482254_n