नवलपरासीका किसान केराखेतीमा आकर्षित

रबिन्द्र यादव,
नवलपरासी, २८ भदौं ।केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा
आकर्षित भएका छन् । उखुको राजधानीको रुपमा परिचित नवलपरासी हाल केराखेती गर्ने किसानको संख्या दिन प्रति दिन बढदै गइरहेको छ । नवलपरासीको नवलपुर क्षेत्रमा मात्र केराखेती हुँदै आएकोमा हाल जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा समेत व्यवसायीक रुपमा केराखेती सुरु भएको छ । banana
यसपाली हावाहुरीका कारण केराखेतीमा केही नोक्सानी पुगेको बताउनु भयो पक्लिहवा(५ का कृषक अनवर अन्सारी । अन्सारीले २५ विगहा केराखेती गर्नु भएको छ । नवलपरासीमा सिचाइको सुविधा न हुदा किसानहरु बढि समस्या झेल्नु परेको छ ।

केराखेतीमा चाहिने मल खाद्य, किटनासक अौषधी, बीउ लगायत भारत बाट ल्याउदा झन समस्या थप्दै गइरहेको अन्सारीले बताउनु भयो, समयमा बीउ मल अौषधी न पाउदा उत्पादन घटने गरेको देखिन्छ । नेपाल मै केरा सम्बन्धि सबै समाग्री उपलब्ध भए केरा खेती गर्ने किसानहरुको लागि सहज सुलभ हुन्थ्यो होला । नवलपरासीमा उखु खेती छाडेर किसानहरूले केराखेती गर्न आकर्षित भएका हुन । उखु मिलले किसानलाई समयमा भुक्तानी नदिए पछि उखु खेती छाडेर केराखेती गर्नु परेको केरा नगदी बिक्री भएको भन्दै पाच विगहा केरा लगाउनु भएको गुठी परसौनी(५ घर भएका आशिक अन्सारीले बताउनु भएको छ ।

नवलपरासीको नवलपुर क्षेत्र बाहेक जिल्लाको गुठी परसौनी, पक्लिहवा, नर्सही, कुडिया, प्रतापपुर, रुपवलिया, गुठी सुर्यपुरा, बैदौली, सोमनी, ठुलो खरेटवा, भुजहवा लगायतका गाउँ विकास समितिहरुमा पाच सय भन्दा बढि विगहा केराखेती लगाइएको जिल्ला कृषि कार्यालय नवलपरासीले जनाएको छ । केरा तयार भए पछि व्यवपारी स्वम आफ्नो साधन स्रोत सहित आएर खेत बाटै किनेर लैजाने गरेको हुदा कृषकहरु खुशी भई केराखेती गर्न आकर्षित भएका हुन ।

नवलपरासीमा उत्पादन भएको केरा बुटवल पोखरा, नारायणघाट काठमाडौ जस्ता ठाउँमा लैजाने गरिएको छ । सिचाइको स्रोत न भएपछि आफ्नो तीन विगहा केरा सुकेको बताउनु हुन्छ वि स २०४२ साल देखि केराखेती गर्दै आउनु भएका मध्यविन्दु नगरपालिका वार्ड नम्बर ५ घर भएका लालकृष्ण भट्टराई । नवलपरासीमा किसानहरु केराखेती मा बढि आकर्षित भएपछि यस बर्ष उखु उत्पादन घटन सक्ने अनुमान लगाउन सकिन्छ । हाल यश क्षेत्रमा केरा बिमा व्यवस्था लागू हुन सकेको छैन भने जिल्लाको नवलपुर क्षेत्रमा बिमा लागू गरिएको छ । व्यवसायिक केरा खेतीलाई प्राथमिकता दिने हो भने भारतबाट केरा आयात गर्नु नपर्ने बताउनुभयो । नवलपरासीमा अहिले व्यवसायिक रुपमा १८ विगहा खेती गर्दै आउनु भएका मजिद मियाले बताए । वर्षेनी झन्डै केराको खेती विस्तार भैरहेको छ ।