कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ४८.१७ उत्तिर्ण

 

भवानीश्वर गौतम,
काठमाडौं, २७ भदौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ब्यवस्थापन, मानविकी र शिक्षाशास्त्र विषयको नतिजा सोमवार सार्वजनिक गरेको छ । नियमिततर्फ एक लाख ७५ हजार पाँच सय ५३ सहभागि भएकामा ८४ हजार पाँच सय ९३ अर्थात ४८ दशमलव १७ प्रतिशत उत्तिर्ण भएका छन् ।national-examinations-board-660x330
उपनियन्त्रक जयन्ती सत्यालका अनुसार आंशिकतर्फ एक लाख २३ हजार एक सय ८१ परीक्षार्थि सहभागि भएकामा ४८ हजार सात सय ६३ अर्थात ३९ दशमलव ५९ प्रतिशत उत्तिर्ण भएका छन् ।
यस वर्षको अघिल्लो वर्षभन्दा उत्तिर्ण प्रतिशत धेरै रहेको छ । अघिल्लो वर्ष नियमिततर्फ ३९ दशमलव ९९ र आंशिकतर्फ ३२ दशमलव ४९ प्रतिशत उत्तिर्ण भएका थिए ।