कर सम्बन्धि अन्र्तक्रिया

चितवन, २७ भदौं । रत्ननगर उद्योग वाणिज्य संघ र नेपाल अडिटर्स् एशोसियसन, जिल्ला समिति चितवनको संयुक्त आयोजनामा भाद्र २७ गते सोमबार वर्तमान कर प्रणालीका बारेमा अन्र्तक्रिया आयोजना गरिएको छ ।img_1306 नेपाल उद्योग वाणिज्य महासंघ र अन्र्तराष्ट्रिय श्रम संगठन नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा संचालन गरिएको व्यवसाय सहयोग ईकाई कार्यक्रम अन्र्तगत उवासंघका सदस्यहरुलाई कर प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको कार्यक्रममा संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले कर सम्बन्धी विभिन्न समस्या तथा सोको निराकरणको लागि संघले खेल्नुपर्ने भूमिका, करको संरचना र प्रक्रियाहरु सरलीकृत बनाउनुपर्ने र करदातालाई शिक्षित बनाउनुपर्ने लगायतका विषयमा बोल्दै स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल अडिटर्स् एशोसियसन, केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष एवं आईक्यानका पार्षद सदस्य सूर्य प्रसाद अधिकारीले कर सचेतना सम्बन्धी तालिम, गोष्ठीहरुको आयोजना गरि कर मैत्रीपूर्ण वातावरणको सिर्जना गर्न रत्ननगर उद्योग वाणिज्य संघ तथा नेपाल अडिटर्स् एशोसियसन आगामी दिनहरुमा हातेमालो गर्न सदैव तत्पर रहने बताउनुभएको थियो ।
यसै गरि नेपाल अडिटर्स् एशोसियसन, जिल्ला समिति चितवनका अध्यक्ष एंव संघका कार्यसमिति सदस्य देवी प्रसाद डल्लाकोटीले कार्यक्रमको उद्देश्य र महत्वको बारेमा बताउनुभएको थियो । नेपाल अडिटर्स् एशोसियसन केन्द्रिय समिति सदस्य रामजी अधिकारी र जिल्ला समिति चितवनका उपाध्यक्ष ढाकानाथ पौडेलले करका विभिन्न शीर्षकहरूमा करदाता सेवा, कर संकलन तथा परीक्षण र आन्तरिक लेखा परीक्षणको सिलसिलामा अबलम्वन गर्नुपर्ने अन्य प्रक्रियाहरू सम्बन्धमा जानकारी गराउनुभएको थियो । अन्र्तक्रियामा सहभागीहरूबाट कर तथा राजश्वका बारेमा उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए । कर तिर्ने वातावरण सहज नभएको र करदाताहरु त्रसित अवस्थामा रहेको हु“दा राजस्व कार्यालयमा उक्त वातावरण सहज बनाउन पहल गर्नुपर्ने सहभागीहरुले धारणा व्यक्त गरेका थिए ।
संघ पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरु, संघस“ग आवद्ध वस्तुगत संघका अध्यक्षहरू तथा सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले व्यवसायीहरुलाई भएका समस्याको बारेमा यस किसिमका कार्यक्रमहरुले केही हद सम्म न्यूनिकरण गर्न सहयोग पुगेको विश्वास व्यक्त गर्दै करको दायरा भित्र रहन सबैलाई आग्रह सहित धन्यवाद मन्तव्य राख्नुभएको थियो ।