किन ? चितवनमा आम्दोलन

अनिल भट्टराई चितवन, २७ भदौं
चितवनमा एकै पटकमा व्यवसायि र कर्मचारी आम्दोलनमा उत्रिएका छन् भने रुटपरमिटको विषयमा चितवन प्रसासन र यातायात व्यवसायीविचको विवादले स्थानिय सवारी साधनहरु गुडेका छैनन् । यता निजि विद्यालयका शिक्षकहरुले आफ्नो आम्दोलनको घोषणा गरिसकेका छन् । सरकारी शिक्षक सरह सेवा सुविधाको माग गर्दै निजि विद्यालय शिक्षक सगंठन ( ईष्टु )चितवनले आम्दोलनको घोषणा गरेको हो ।यी तिन थरि आम्दोलनबाट अव परिस्थिति कता जाला भन्ने विषय गम्भिर बन्दै गएको छ ।

चितवनमा स्थानीय रुटका यातायात वन्द, यात्रुलाई सास्ती
यातायात व्यवसायीहरुले मनोमानी भाडा लिएको र ट्राफिक प्रहरीले लगाएको नियम पालना नगरेको भन्दै व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोध गर्दे चितवनका स्थानीय रुटमा सवारी साधन हिजोबाट संचालनमा आएका छैनन् । स्थानीय रुटमा चल्ने सवारी साधनका ११ जना अगुवा व्यवसायीलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । व्यवसायीहरुको वन्दका कारण यात्रुहरु आज पनि मारमा परेका छन् । चितवनको भरतपुर,नारायणगढ,पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न रुटमा गरी सयौं सवारीका साधन चल्दै आएका थिए । चितवनका प्रहरी प्रbus-banado-aमुख वसन्त कुवरले व्यवसायीहरुले राज्यले निर्धारण गरेको नियम पालना नगर्दा समस्या भएको वताए । प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको नारायणी अञ्चल संयोजक कपिल पाण्डे, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेल, चौतारी यातायात व्यवसायी संघका अध्यक्ष भुवन बराललाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालयले यहीँ भदौ १९ गतेदेखि चितवनको स्थानीय रुटमा प्रती कि मि १ रुपैयाँ ७८ पैसा भाडादर कायम गरेको थियो ।

भरतपुर अस्पतालमा कर्मचारी युनियन आन्दाेिलत
भरतपुर अस्पतालमा कर्मचारी युनियनले आन्दोलन गर्ने भएका छन्। आफ्नो मागलाई वेवास्ता गर्दै मौन गरेको गरेको भन्दै अस्पताल विकास समिति कर्मचारी युनियन भरतपुर अस्पतालमा चारण बद्ध आन्दोलन सुरु गर्न लागेको हो । कर्मचारी युनियनले भरतपुर अस्पताललाई ५ बुदेँ मागसहित भरतपुर अस्पतालाई दिएको ७ दिने अल्टिमेटमा अस्पताल प्रशासन मौन बसेपछि कर्मचारी युनियन आफुहरु बाध्य भएर आन्दोलन जानु परेको एक विज्ञप्ती मार्फत जनाएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत सोमबार पहिलो १० बजेबाट ११ सम्म सबै कर्मचारी आफ्नो डियूटीबाट बाहिर निस्कीएर ओपिडि भवन अगाडी वसेर कुनै पनि काम नगरी आन्दोलन गरिएको युनियनका अध्यक्ष अध्यक्ष डा. उन्नत श्रेष्ठले जानकारी दिए ।सोमबार २७ गते ३१ गते सम्म प्रत्येक दिन १ घण्टा समय थप गर्दै विरोध जाने जनाएको छ । भने ३१ ग्ते सम्म पनि माग पुरा नभए थप स.घर्षका कार्यक्रम घोषण गर्ने जनाएको छ । साथै यसबाट विरामीहरुमा पर्ने जाने असर प्रति कर्मचारी युनियनले क्षमा याचना समेत गरेको छ । युनियनले नेपाल सरकारले तोके वमोजिम विकास समिति अनर््गत सबे कर्मचारीको समान तलब हुनुपर्ने, स्थायी भई ५ बर्ष पुरा भएका कर्मचारीको स्तउन्नती गर्नुपर्ने, स्थायि प्रक्रियामा रहेको सबैलाई स्थायि गर्नु पर्ने, ज्यालादारीमा काम गरेका कर्मचारीलाई कार्य मुल्याङ्गकन गरी करारमा लैजाने, अनिवार्य रुपमा युनियनसँग सरसल्लाह गरि काम गर्ने र पटक–पटक गरि युनियनसगँ भएका सम्झौता पुरा गर्नुपर्ने ५ बुदेँ मागमा उल्लेख छ ।