चितवनमा पनि टाटाको ‘यसपालीको चाड, टाटाको कार’, एक्सेञ्ज अफर सुरु

शिव आचार्य

चितवन, २७ भदौं ।दशैं तिहारको अवसरमा चितवनको लागि टाटा कारको अधिकारिक विक्रेता आरवी मोर्टसले आफ्ना उपभोक्ताका लागि उपहार योजना सार्वजनिक गरेको छ ।

14329119_1089218041131253_1599939849_o
सिप्रदी ट्रेडिङ्ग प्रालिले अन्र्तगत रहेको मोर्टसले चितवनका ग्राहकवर्गहरुलाई समेत लक्षित गरि उपहार योजना सार्वजनिक गरेको हो ।
आरवी मोटर्सले उपभोक्ता लक्षित गर्दै ‘यसपालीको चाड, टाटाको कार’ उपहार योजना सार्वजनिक गरेको आरवी मोर्टसका सञ्चालक विमालकुमार पौडेलले जानकारी दिए । यो योजना आफ्ना प्यासेन्जर गाडीहरुमा समेत लागू हुने उनले बताए ।

14285202_1089218104464580_787704276_o टाटाको स्टक दशैंको लागि सहजै उपलब्ध गराउन चितवनमा दुई दिने एक्सेन्ज अफर समेत गरेको अर्को सञ्चालक राजेन्द्र गैरेले बताए । सो अवसरमा जुनसुकै व्राण्डको कारहरु एक्सेञ्ज  गरि नयाँ टाटा कार लिएर जानसक्ने उनले बताए । यस योजना अन्तर्गत टाटा कार खरीद गर्दा प्रिमियम एक्सेसरिज बाहेक यामाहा बाईक जितिने कम्पनीको दावी छ । योजना अन्तर्गत ४ लाख ५५ हजार बराबरको उपहार आफ्ना उपभोक्ताका लागि ब्यवस्था गरिएको गैरेको भनाई छ । उपहार योजना लक्कि ड्रमा आधारित नभएको र ‘स्योर सट’ अर्थात् जितिने पक्का भएको टाटा कम्पनीले जनाएको छ ।