उसवासंघद्धारा डिभिजन सडक कार्यालयमा डेलिगेशन

चितवन, २६ भदौं । रत्ननगरका उद्योगी व्यवसायी तथा सर्वसाधारणहरुले रत्ननगरको सडक विस्तारको बारे स्थानीयमा छाएको बाधा व्यवधानको बारेमा डिभिजन सडक कार्यालय, भरतपुरमा डेलिगेशन पत्र बुझाएका छन् ।sauraha Online

रत्ननगर नगरपालिका लगायत पूर्वि क्षेत्र भित्र पर्ने पूर्व पश्चिम महेन्द्र राजमार्ग, लोथर–नारायणगढ खण्ड अन्र्तगत रत्ननगर नगरपालिकाको सडकलाई (शुरु विन्दु देखि २.३२ कि.मी. खण्ड) लौरीघोल देखि निपनी सम्मको राजमार्ग स्तरउन्नती एवं सडक सुधार आयोजना निर्माण कार्य सुस्तगतिमा संचालन भई सडकमा खाल्डाखुल्डी भई राजमार्गमा दिनह“ु सडक दुर्घटनामा वृद्धि भईरहेको र धुलोका कारणले व्यवसाय एवं मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव जस्ता समस्याले समग्र पूर्वि चितवन बासी पिडित भइरहेको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको नेतृत्वमा गएको टोलीले सडक डिभिजन कार्यालयका प्रमुखलाई भेटी डेलिगेशन पत्र बुझाएको छ ।

संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष दिपककुमार कर्माचार्य, वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव देवेन्द्रकुमार श्रेष्ठ लगायत रत्ननगरका उद्योगी व्यवसायीको टोलीले डेलिगेशन पत्र बुझाएको हो ।

उक्त ४ लेन सडक निर्माण कार्य सुस्त गतिमा भएकोले सम्झौता बमोजिम निर्माण सम्पन्न हुन नसक्ने अवस्था भएकोले तत्काल निर्माण कार्य अगाडि बढाउनका लागि सडकको मध्य विन्दु अन्यौल रहेको हुनाले मध्य विन्दु निश्चित गरी राजमार्गको दायां वायां स्तम्भ खडा गरि यथाशिघ्र सडक निर्माण कार्य अगाडि बढाउनका लागि आवश्यक पहल गर्नको लागि आग्रह गरिएको थियो ।

डेलिगेशन पत्र बुझिसकेपछि सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले सडकको मध्य विन्दु निश्चित गरी निर्माण कार्यकोे लागि उद्योगी व्यवसायी र रत्ननगरका स्थानीयको भावनाअनुसार काम गर्ने र निर्धारित समयभन्दा धेरै टाढा नजाने सकारात्मक जवाफ दिए ।