वीरगंजमा गर्भपतनको यस्तो ब्यापार !

14249202_1080077245421618_1835698740_n

वीरगंज संबाददाता, २६ भदौ । वीरगंजका केही नीजी अस्पताल र क्लिनिकहरु अवैध गर्भपतन गरी कमाउ धन्दमा लाग्दा सेवा ग्राहीको ज्यान नै जोखिममा पर्ने खतरा बढेको छ ।

वीरगंजको घण्टाघर स्थित लिंक रोडमा रहेको निकिता फार्मेसीले चर्काे रकम असुलेर अवैध रुपमा गर्भपतन गरेको खवर विभिन्न संचारमाध्यममा सार्वजानिक भईसक्दा समेत नियमनकारी निकाय कानमा तेल हालेर बस्नुले पनि नियमक निकायको कामकारवाही प्रति प्रश्न चिन्ह खडा भएको छ ।

निकिता फार्मेसीकी संचालिका डा. ममता चौकिकरले प्रति सेवाग्राही १८ देखि ४५ हजार रुपैया सम्म असुलेर १८ देखि २० हप्ता सम्मको गर्भपतन गराउने समाचार सर्वत्र चर्चा हुदा समेत जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानिय प्रहरी प्रशासन चुप बस्नुले यो घट्ना थप रहस्यमय बन्न पुगेको छ ।

डा.चौकिकरले केही पत्रकारलाई क्लिनिकमै बोलाएर समाचार सार्वजानिक नगर्न आग्रह गर्दै मोटो रकम समेत दिएको स्रोतले बताउँछ ।

नेपालको कानुन अनुसार अनिच्छित गर्भ रहेमा अधिकतम १२ हप्ता सम्मको गर्भ एक हजार रुपैया शुल्क लिएर गर्भपतन गराउन पाइने प्रावधान छ ।

त्यो पनि सरकारले तोकेका सरकारी अथवा गैर सरकारी स्वास्थ्य संस्थामा मात्रै अनिच्छित गर्भ पतन गराउन पाइने नियम छ । जसको सेवा शुल्क पाँच सय रुपैया मात्र छ ।

यस्तै वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल र मेरी स्टोप्स सेन्टरमा भने शल्यकृया गरेर अधिकतम १२ हप्ता सम्मको गर्भ पतन गराउन मिल्ने सेवा उपलब्ध छ ।

जसको सेवा शुल्क एक हजार रुपैया छ । यी बाहेक अन्य कुनै पनि स्वास्थ्य संस्था, अस्पताल वा क्लिनीकमा गर्भपतन गराउन पाइदैन ।

तर डा. ममता चौकिकरले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रलाई कमाउ धन्दाको रुपमा लिएर १२ हप्ता भन्दा बढिको गर्भपतन गरिरहेको तथ्य खुलासा हुदा समेत नियमनकारी निकाय तै चुप मै चुपको स्थितीमा बस्नुले सरकारी संयन्त्र माथि नै आशंका उब्जीएको छ ।

वीरगंजमै सर्वत्र चर्चाको विषय बनेको यस अवैध कार्यमा किन बोल्दैनन् त सम्बन्धित निकाय ? यो गम्भिर विषय बनेको छ ।