चितवनमा स्थानीय रुटका यातायात वन्द,यात्रुलाई सास्ती

चितवन २६ भदौं । यातायात व्यवसायीहरुले मनोमानी भाडा लिएको र ट्राफिक प्रहरीले लगाएको नियम पालना नगरेको भन्दै व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि आज त्यसको विरोध गर्दे चितवनका स्थानीय रुटमा सवारी साधन संचालनमा आएका छैनन् । स्थानीय रुटमा चल्ने सवारी साधनका ११ जना अगुवा व्यवसायीलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

bus-banado-a

व्यवसायीहरुको वन्दका कारण यात्रुहरु मारमा परेका छन् । चितवनको भरतपुर,नारायणगढ,पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न रुटमा गरी सयौं सवारीका साधन चल्दै आएका थिए । प्रहरीले व्यवसायीहरुले मनोमानी भाडा लिएको,ट्राफिक नियम पालना नगरेको आरोप लगाएका छन् । तर व्यवसायीहरुले भने ट्राफिक नियम पालना गराउने नाउमा अन्धधुन्धा जरिमाना लिदै आएको वताएका छन् ।

चितवनका प्रहरी प्रमुख वसन्त कुवरले व्यवसायीहरुले राज्यले निर्धारण गरेको नियम पालना नगर्दा समस्या भएको वताए । उनले यातायात क्षेत्रको वेथिती अन्त्य गर्ने उदेश्यले व्यवसायीहरुलाई पक्राउ गरिएको र अव पनि सहमतिमा नआए पक्राउ परेका सवैलाई कानुनी प्रक्रियामा गई कार्वाही गर्ने चेतावनी समेत दिए । यसअघि प्रहरीले प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको नारायणी अञ्चल संयोजक कपिल पाण्डे, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेल, चौतारी यातायात व्यवसायी संघका अध्यक्ष भुवन बराललाई पक्राउ गरेको थियो ।

उनीहरुसंगै सडक अबरुद्ध गर्न खोज्ने राजकुमार श्रेष्ठ, सुदर्शन तामाङ, मगरा महतो,धनबहादुर गुरुङ, मनोज वि.क, दिपक कुमाल र लक्ष्मण चौधरीलाई र एउटा बस नियन्त्रणमा लिएको प्रहरीले थियो । सोही पक्राउ परेकालाई छुटाउन माग राख्दै ति व्यवसायीहरुले यातायात अवरुद्ध पारेका हुन् । जिल्ला प्रशासन कार्यालयले यहीँ भदौ १९ गतेदेखि चितवनको स्थानीय रुटमा प्रती कि मि १ रुपैयाँ ७८ पैसा भाडादर कायम गरेको थियो ।