बैरहनी ब्रम्हस्थानी समितीको दोस्रो साधारण सभा

 

चितवन, २४ भदौं । खैरहनी नगरपालिका – ९ मा रहेको बैरहनी ब्रम्हस्थानी समितीको दास्रो साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । कार्यक्रममा खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल प्रमुख अतिथी तथा जिल्ला विकास समिती चितवनकी पञ्जिकरण शाखा अधिकृत लक्ष्मि ढकाल विशिष्ट अतिथी रहनुभएको थियो ।14269851_303681273343541_352818267_n
कार्यक्रमम बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले ब्रम्हस्थानीले थारु समुदायको पहिचान गर्न सहयोग गरेको बताउनुभयो । कार्यक्रममा समितीका सचिव दिपक कुमार चौधरीले प्रगति प्रतिवेदन र सदस्य परशुराम चौधरीले बार्षिक तथा बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरी , रा.प्रा.वि बैरहनीका निमित्त प्रमुख तोयानाथ उप्रेति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समितीका उपाध्यक्ष शोभन महत्तोले स्वागत मन्तव्य राखेका थिए भने सचिव दिपक कुमार चौधरीले सञ्चालन गरेका थिए । उद्धघाटन शत्र कार्यक्रम समितीका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।