पुर्वी चितवन साहित्य समाजको मासिक साहित्यिक गोष्ठी

अनिल दराई
चितवन, २४ भदौं । पुर्वी चितवन साहित्य समाजको मासिक साहित्यिक गोष्ठी आज (शनिबार) सम्पन्न भएको छ । पर्सा बजारको के.आर.पि म्युजिक सेक्सनको सभाहलमा सो गोष्ठी आयोजना गरिएको हो । आफुहरु सँग भएको प्रतिभाहरुलाई उजागर गर्न सो कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष मनोज चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्रवृति अक्षय कोषका अध्यक्ष मुरली प्रसाद गजुरेल प्रमुख अतिथी रहेका थिए ।14269836_303678760010459_416030115_n
कार्यक्रममा प्रमुख अतिथी गजुरेलले पुर्वि चितवनमा साहित्य समाज स्थापना भएको खुसी व्यक्त गर्दै यहाँका प्रतिभाहरुलाई उजागर गर्न सहयोग गर्ने बताउनुभयो । सो कार्यक्रममा चितवनका युवा कवि सरद ऋतु , मिथुन कुँवर , सागर मिश्र गजलकार तथा साहित्यकार सुरज कालाखेति , साहित्यिक तथा कलाकार अनिता ओली , योगी श्रि कृष्ण , एलिना सापकोटा , आश्रिया परियार , समाजका सदस्य तथा पत्रकार अनिल दराई लगायतले गित तथा गजल प्रस्तुत गरेका थिए । कार्यक्रम साहित्य समाजका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।