चितवनमा यस्तो रह्यो प्राथमिक उपचार (तस्वीरसहित)

चितवन, २५ भदौं । नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाले हरेक वर्ष सेप्टेम्बर १० विश्व प्राथमिक उपचार दिवसको अवसरमा चोक बजारदेखि अरुणोदय उच्च मा वि सम्म र्याली सम्पन्न गरेको छ ।

14274413_1053198518129091_1478060019_oबालबालिकाका लागि बालबालिकाद्धारा प्राथमिक उपचार भन्ने मुल नाराका साथ बालबालिकाहरुलाई लक्षित गरी प्राथमिक उपचारको महत्व र आवश्यकता बुझाउने गरी सचेतनामुलक र्याली , कृतिम घटना अभ्यास तथा प्रवचन कार्यक्रमका विश्व प्राथमिक उपचार दिवस— २०७३ जिल्लाव्यापी रुपमा मनाएको हो ।14273321_1053198531462423_72326166_oकार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवम् स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेलले बेलुन उडाएर झण्डोत्तोलन गरी गर्नभयो । साथै कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले र्यालीपछिको सभाको सम्बोधन गर्नुभयो ।14285036_1053198434795766_2134946679_oउहाले प्राथमिक उपचार दिवसको अवसरमा गरिएको बालबालिका लक्षित कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा चितवनका रत्नप्रसाद सापकोटा ,हरिप्रसाद पौडेल , भण्डारा उपशाखाका सभापति महेश्वर थपलिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्नुभएको थियो । 14315892_1053198198129123_1068403400_oकार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरका सल्लाहकार हरिविलास कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरका सभापति रुद्र प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।प्राथमिक उपचार दिवसको २०१५ को तथ्यांक अनुसार १२० भन्दा बढी राष्ट्रहरुमा रहेका राष्ट्रिय सोसाईटीहरुले भव्य कार्यक्रमका साथ मनाएका थिए ।

.