मन्त्री पौडेलको गृहनगर माडीमा भव्य स्वागत

 

चितवन, २५ भदौ । शिक्षामन्त्री धनिराम पौडेललाई गृहनगर चितवनको माडीमा भव्य स्वागत गरिएको छ । शनिवार विहान माडी प्रवेश गरेलगत्तै शुरु भएको स्वागत वेलुका अबेरसम्म पनि चलेको थियो । 222
माडीकै विभिन्न विद्यालय,राजनैतिक दलका स्थानीय नेताहरु, आदिवासी, जनजाती, महिला, युवा लगायतका संघसस्थाहरुले मन्त्री पौडेललाई भव्य स्वागत गरेका थिए ।
मन्त्री पौडेललाई राप्रावी गर्दी, गर्दी सामुदायिक पुस्तकालय,सोमेश्वर मावि, सिम्रहनी प्रा.वि, खैरहनी मावि, जनजीवन मावि, जनकल्याण माडी, कृष्णनगर निमावी र मन्त्रीले अध्ययन गरेको माडी माध्यमिक विद्यालयले लगायतले भव्य स्वागत गरेका थिए ।
दमकल नगरपालिकालाई हस्तान्तरण
त्यसैगरी वसन्तपुर बजार, उद्योग वाणिज्य संघ माडी, माडी नगरपालिका लगायतमा पनि उनको भव्य स्वागत भयो । माडी नगरपालिकामा आयोजना भएको समारोहमा मन्त्री पौडेलले नगरपालिकालाई दमकल हस्तान्तरण गरे । मन्त्री पौडेलको विशेष पहलमा स्थानीय विकास मन्त्रालयवाट उपलव्ध गराईएको दमकल माडी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटालाई हस्तान्तरण गर्नुभयो । 14170060मन्त्री पौडेलले कार्यकारी अधिकृत सापकोटालाई दमकलको चावी हस्तान्तरण गरे । सो अवसरमा स्थानीय राजनैतिक सवै दलका प्रतिनिधीहरुले माडीको विकासका लागि विशेष ध्यान दिन मन्त्री पौडेललाई आग्रह गरेका थिए । मन्त्री पौडेलले माडीको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । माडीलाई चितवनको कर्णालीको रुपमा समेत ठानिदै आएकोले यस क्षेत्रको विकासका लागि यो कार्यकाल पूर्ण रुपमा समपर्ण गर्ने प्रतिवद्धता व्यक्त गरे ।14170055