निजी विद्यालयको नतिजालाई हेर्दै सार्वजनिक विद्यालयको नतिजा सुधार गरौ : शिक्षा मन्त्री पौडेल (तस्वीरसहित)

राजेन्द्र आचार्य

२५ भदौ, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले ‘प्रचण्ड’ नेतृत्वको सरकारले संविधान कार्यान्वयन र चुनाव गर्ने बताएका छन् ।edu-mantri
चितवनको माडीमा आयोजित कार्यक्रममा शिक्षामन्त्री पौडेलले राजनीतिक स्थायित्वका र संविधानको कार्यन्वयनका लागि वर्तमान सरकारले काम गर्नेमा ढुक्क हुन आग्रह गरे ।

शिक्षा मन्त्री पौडेलले राज्यले शिक्षा क्षेत्रमा लागानी गरेको भए पनि त्यसको प्रतिफल सन्तोषजनक नरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुको स्तर कमजोर रहेको भन्दै त्यसलाई आफ्नै कार्यकालमा सुधार गर्ने दाबी गरे ।

मन्त्री पौडेलले निजी विद्यालयको नतिजालाई हेर्दै सार्वजनिक विद्यालयको नतिजालाई सुधार गर्न शिक्षा अधिकारीहरुलाई निर्देशन दिए । उनले शैक्षिके गुणस्तर सुधारको लागि दरबन्दी समायोजन गर्ने उल्लेख गरे ।

बैकल्पिक शिक्षा प्रणालीका लागि चितवनबाट आफूले राजनीति सुरु गरेको बताउँदै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिनेगरी काम गन दाबी गरे ।

222 edu-mantri-3

तस्वीर : सन्तोष पनेरु