अपडेटः अझै भेटिएन त्रिशुलीमा खसेको ट्रक, दुई व्यक्तिको परिचय खुल्यो

चितवन, भदौं २४ । पृथ्वी राजमार्ग अन्तरगत चितवनको दारेचोक–३ घोप्टेभीरस्थित त्रिशुली नदीमा आज विहान खसेको ट्रक अझै भेटिएको छैन् ।

विहान करिव साँढे ११ बजेको समयमा मुग्लिनबाट काठमाण्डौं तर्फ ३ किलोमिटर अगाडि त्रिशुलीमा ट्रक खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाण्डौं तर्फ जाँदै गरेको ना ३ ख ६०१७ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो ।
सो ट्रकको चालकमा दाङ जिल्लाको लालमटिया मौरीघाट बस्ने वर्ष २५र२६ का कालीप्रसाद चौधरी र सह–चालक प्युठान गोठेभाग ७ बस्ने वर्ष १७ का लाले मगर रहेको मुग्लिन प्रहरीले जनाएको छ । उनीहरुको अवस्था पनि अज्ञात रहेको छ ।

ट्रक चुर्लुम्मै पानीमा डुबेकोले खोजी कार्य समस्या भईरहेको मुग्लिन प्रहरीले जनाएको छ । ट्रकबाट केही सामानहरु किनारमा उछिट्टिएको छ ।