मिडिया एकेडेमी बनाउन पहल गर्ने : शिक्षा मन्त्री पौडेल (भिडियोसहित)

शिव आचार्य
चितवन, २४ भदौं । शिक्षा मन्त्री धनिराम पौडेल(डिआर)ले चितवनमा आफुले सुविधा सम्पन्न मिडिया एकेडेमी बनाउन पहल गर्ने बताएका छन् ।
मिडिया एकेडेमी नहुदां पत्रकारहरुको क्षमता वृद्धिमा समस्या भएको छ, उनले भने– बागेश्वरी क्षेत्रमा रहेको खाली जग्गामा एकेडेमी निर्माणका लागि पहल गर्नेछु ।14303861_636036129896438_1776672610_o
नेपाल प्रेस सेन्टर चितवनको ज्ञापनपत्र बुझ्दै उनले चितवन उपयुक्त स्थान भएको र वागेश्वरी त्यसा पनि उपयुक्त स्थान भएको भन्दै सबैले सहयोग गर्न आग्रह पनि गरे ।

उनले विगतमा आफु पनि पत्रकारका रुपमा समेत परिचित भएको स्मरण गर्दै पत्रकारहरु संस्थागत विकास प्रचण्ड नेतृत्व सरकार प्रतिवद्ध रहेको समेत बताए ।

14247959_636036073229777_547890940_o
प्रेस सेन्टर चितवनका संस्थापक अध्यक्ष एवं केन्द्रीय कार्यालय सदस्य सुरेशचन्द्र अधिकारीको संयोजकत्वमा जिल्ला अध्यक्ष प्रकाश ज्ञावाली, सचिव राजेन्द्र आचार्य संयुक्त रुपमा ९ बुदें माग पत्रसहितको ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा अध्यक्ष ज्ञावालीले मोफसलका पत्रकारहरुको वृद्धि विकास र सम्मानका लागि समेत मिडिया एकेडेमी चितवनमा स्थापना गर्न जोडदार माग राखेका थिए । भने सेन्टर आवद्ध पत्रकारहरुको हकहितका समेत पहल गर्न माग गरेका थिए ।