शिक्षा मन्त्री पौडेललाई चितवन उद्योग संघको सम्मान (भिडियोसहित)

उद्योगको विकास विना देश समृद्ध हुन सक्दैनः मन्त्री पौडेल
चितवन, भदौं २४ । चितवन उद्योग संघले चितवनबासी शिक्षा मन्त्री धनीराम पौडेललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
आज एक कार्यक्रमकाबीच चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले मन्त्री पौडेललाई सम्मान पत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नुभयो । साथै उहाँले चितवन उद्योग संघले आफ्नो पहलमा भईरहेको कामहरुको विषयमा समेत तयार पारिएको विवरण प्रदान गर्नुभयो । चितवन उद्योग संघले आफ्नै पहलमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय स्तरको एक्सपो सेन्टर (प्रदर्शनी स्थल) को बारेमा शिक्षा मन्त्री पौडेललाई जानकारी गराएको छ । 14315581_636036756563042_1448311667_o
चितवन उद्योग संघले आफूलाई सम्मान र स्वागत गरेकोमा खुशी व्यक्ति गर्दै मन्त्री पौडेलले चितवन उद्योग संघको हरेक गतिविधिमा सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

14247608_636036759896375_843901517_o
यस्तै मन्त्री पौडेलले औद्योगिक क्षेत्रको विकास विकास देश समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले नेपालमा साना तथा ठूला उद्योगहरुको विकासमा जोड दिनुपर्ने भन्दै यसले देश समृद्ध बनाउने आधार खडा गर्ने बताउनुभयो । उहाँले अरु मुलुकको भरमा देश अघि बढ्न नसक्ने भन्दै आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, राजु पौडेल, महासचिव सूर्यप्रसाद न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योग मन्त्री रविन्द्रराज जोशीसंग भेट गर्दै बधाई ज्ञापनको साथै औद्योगिक प्रदर्शनीको बारेमा जानकारी गराई सकेको छ ।