चितवनमा मिडिया एकेडेमि स्थापना गर्न प्रेस सेन्टरको माग

 

चितवन, भदौं २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग प्रेस सेन्टर चितवनले जिल्लामा सुविधा सम्पन्न सूचना केन्द्रसहितको मिडिया एकेडेमी बनाउन माग गरेको छ ।
देशको चौथो अगंका रुपमा पत्रकारिता लिए पनि पत्रकारहरुलाई समय अनुसार चलायमान बनाउन मिडिया एकेडेमी आवश्यक रहेको भन्दै प्रेस सेन्टरले यस्तो माग गरेको हो । 14199225_1202069586501511_3325071707218996652_n 14222365_1202069406501529_66232075300301243_n
आज विहान प्रधानमन्त्री निवास बालुवाटरमा पुगी प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो । प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीले ज्ञापन पत्र बुझाउँदै चितवनमा संचारमाध्यमको विकास क्रम बढ्दो रहेको भन्दै सुविधा सम्पन्न सूचना केन्द्रसहितको मिडिया एकेडेमी बनाउन माग गरे । उनले यससंगै पत्रकारहरुको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रम समेत चितवनमा ल्याउन प्रधानमन्त्री समक्ष आग्रह गरे । ज्ञपानपत्र बुझाउने टोलीमा सेन्टरका चितवनका संस्थापक संयोजक एव केन्द्रिय कार्यालय सचिवालय सदस्य सुरेशचन्द्र अधिकारी, फ्क्यासन ईन्चार्ज संगिता भट्टराई, जिल्ला अध्यक्ष प्रकाश ज्ञावाली र सचिव राजेन्द्र आचार्यसहितको टोली सहभागी थिए । यस्तै प्रेस सेन्टरले बुझाएको ज्ञापन पत्रमा विभिन्न रोगबाट समस्यामा परेका चितवनका पत्रकारहरु गोपाल परियार, विरबहादुर सिंजालीलगायतका पत्रकारहरुलाई उपचारमा सहयोग माग गरिएको छ ।