“सन्दर्भ २४ भाद्र–वि.पी.जयन्ती र नेपाली कांग्रेसको स्थापना

–राजेश्वर खनाल (महासमिति सदस्य, चितवन)

वि.स. १०७१ साल भाद्र २४ गते (8 Sep. 1914०) मा बुबा कृष्णप्रसाद र आमा दिव्यादेवीको गर्भबाट बनारसमा सल्य अप्रेशनबाट प्रकाश देखेका चुडामडी कोइरालालाई बनारसको विश्वनाथको प्रसाद ठानी ठूलो बुबाले विश्वेश्वर नाम जुराए जुन आज प्रजातान्त्रिक समाजबादको आविश्कारकको रुपमा विश्व प्रसिद्ध छ ।rajeshwar-khanal
कोइरालाहरु भट्ट मूलका ब्राह्मण बंशज हुन । सुरुमा मकवानपुरका सेनराजाको मूख्य काजी दामोदर कोइरालाले सिन्धुलीको दुम्जामा बिर्ता पाएका थिए । त्यसपछि सन्तती बिस्तारसँगै विराटनगर स्थान्तरण भए । वि.पी. पिता कृष्णप्रसादले त्यसैलाई आफ्नो कर्मथलो बनाएको पाइन्छ । पछि भरियाको फाटेको भोटो दरबारमा पार्शल प्रकरण पछि देश निकालाको समयमा वि।पी।को जन्म बनारसमा भएको थियो । तर वि।पी।को बाल्यकाल भने विराटनगरमा नै बितेको थियो ।
करिब १३–१४ वर्षबाट राजनैतिक यात्रा सुरु गरेका वि.पी.को आफ्नो राजनीतिको पहिलो पाठशाला “अङ्ग्रेज भारत छोड” भन्ने गान्धीको अभियानका एक कुशल नेतृत्वकर्ताको रुपमा लिन सकिन्छ । वि.सं. १९९७ मा “मकै खेती” पुस्तकका लेखक कृष्णलाल अधिकारीको पक्राउ, वि.सं. २००१ मा आफ्ना पिताको राणा जेलमा निधन, खड्कमान सिंहको प्रचण्ड गोर्खा नामक संगठनको भूमिका, तुलसी मेहरको चर्खा प्रचार अभियान, दोस्रो विश्वयुद्धको प्रभाव, महाविर स्कूल स्थापना, टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजा परिषद् पार्टीको स्थापना र त्यस संस्थाका चार सहिदहरुको प्रसंग, भारतिय समाजवादी नेताहरुको सम्पर्क आदि घटनाबाट प्रभावित भई कानुन र भाषा साहित्यमा बनारस हिन्दु विश्वविद्यालयबाट स्नातक गरेका वि।पी।कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा गणेशमान सिंह ९जसको उपनाम कृष्णबहादुर० को प्रस्तावमा काठमाडौं जेलमा रहेका टंकप्रसाद आचार्यलाई अध्यक्ष चयन गरी वि.पी. कार्यवाहक सभापतिबाट प्रारम्भ भएको पाइन्छ ।
२००३ सालको विराटनगरको मजदुर आन्दोलन, सँगसँगै पहिलो सत्यग्रह, २००४ सालको जयन्तु संस्कृतम्, वि.पी.को जेलमुक्त र भारत स्वतन्त्र, २००५ सालको जेलमा वि.पी.को २९ दिने आमरण अनसन, सुवर्ण सम्सेरको नेतृत्वमा गठित नेपाल प्रजातन्त्र कांग्रेससँग पार्टी एकता ९२००६ साल चैत्र २७ गते कलकत्ताको टाइगर सिनेमा हलमा० गरी नेपाली कांग्रेसको स्थापनासँगै २००७ साल सशस्त्र जनक्रान्तीका अगुवाका रुपमा वि.पी. कोइरालालाई लिने गरिन्छ । जसको जन्मदिन आज भाद्र २४ मा वहाँप्रति भावपूर्ण जयनेपाल समर्पण गर्न चाहन्छु ।