मुग्लिन प्रहरीद्धारा ठुलो परिमाणमा चरेस बरामद

विनोद श्रेष्ठ
चितवन, भाद्र २१ । इलाका प्रहरी कार्यालय मुग्लिन आज विहान ठुलो परिमाणमा चरेस बरामद गर्न सफल भएको छ । काठमाण्डौ देखि मुग्लिन तर्फ आउदै गरेको ना ३ ख ६३५२ नम्बरको ट्रकमा सुराकीको आधामार १४ बोरा चरेस बरामद गर्न सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । प्रति बोरा २० केजीको दरले बरामद भएको उक्त चरेस ट्रकको क्याविन पछाडीबाट निकालीएको हो । निरिक्षक हमालले ट्रकको बनाउवट हेर्दा लागू औषध ओसार पोसार कै लागि बनाइएको हुनसक्ने भएको हुँदा यस्तो काममा ठुलै गिरोह लागेको हुन सक्ने बताउनुभयो ।

अहिले बरामद गरिएको चरेस, ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको छ ।