त्रिवेणी कपमा तेस्रो दिन ५ वटा खेलहरु

विनोद श्रेष्ठ
मुग्लिन, २० भदौ । मुग्लिन बजारमा जारी त्रिवेणी कप खुल्ला नकआउट भलिबल प्रतियोगिताको आज तेस्रो दिन ५ वटा खेलहरु भएका छन् । सलाङ युवा क्लब धादिङ्ग र ए पि एफ विच भएको खेलमा धादिङ्ग युवा क्लब २५–२२ र २५–२१ को सोझो सेटमा विजयी भएका छन् । त्यस्तै दोस्रो खेल एकता युवा क्लब बन्दिपुर र जलदेवी युवा क्लब ताक्लुङ्ग विच भएको खेलमा एकता युवा क्लब २५–१९ र २५–२३ को सोझो सेटमा विजयी हुन सफल भएका छन् ।
त्यस्तै आज भएको तेस्रो खेलमा आयोजक त्रिवणी युवा क्लब ए लाई त्रिवेणी यवा क्लब बी ले २१–२५,२५–१५ र २५–२१ ले त्रिवेणी बी विजयी विजयी भएको छ ।
त्यस्तै आज भएको चौथो खेलमा ब्राइट फ्युचर राइनास र केवरपानी मनकामना युवा क्लब विच भएको खेलमा मनकामना युवा क्लब १८–२५,२५–२१ र २५–२३ ले विजयी भएका छन् । र आज भएको अन्तिम तथा पाचौ खेलमा सलाङ युवा क्लब धादिङ्गले आनन्ददेवी युवा क्लबलाई २५–९ र २५–७ ले हराउन सफल भएको छ ।
तिजको अवसरपारी त्रिवेणी युवा क्लब मुग्लिनले आयोजना गरेको त्रिवेणी कप खुल्ला नकआउट भलिबल प्रतियोगितामा जम्मा १६ वटा टिमहरु सहभागी रहेका छन् । प्रतियोगिताको फाइनल २१ गते त्रिवेणी बराह माध्यमिक विद्यालय मुग्लिनको खेल मैदानमा हुदैछ । विजेता टिमले ५० हजार रुपैया हात पार्ने छ भने उपविजेताले २५ हजार र सेमीफाइनलमा पुग्ने २ टिमलाई १०÷१० हजार दिइने क्लबका संयोजक संजिव सिलवालले जनाएको छ । विधागत रुपमा बेस्ट प्लेयर, ब्लकर, डिफेन्डर, लिब्रो, स्पाइकरलाई समेत उपाधि दिनेछ ।