गैंडाको शरिरबाट निकालियो गोलीको छर्रा (तस्वीरसहित)

चितवन, २० भदौं । रौतहटमा ६ गोली लागेर घाइते भएको गैंडाको उपचार भइरहेको छ । गोलीको छर्रा निकालेपछि स्वास्थ्यमा सुधार आएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । चौबिस घण्टानै चिकित्सकको प्रत्यक्ष निगरानीमा घाइते गैंडाको उपचार भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । घाइते गैंडाको ६ ठाउँमा गोली लागेको बताउँदै उहाँले ९ देखि १२ इन्चसम्म गहिरो घाउ बनेर गोली छिरेको जानकारी दिनुभयो ।

14152077_1187731967935273_57752771_o 14139318_1187732371268566_1588129224_o 14138563_1187733137935156_1994085483_n

14248108_1198669896841480_307419531_oगैंडाको टाउकोमा ४, घाँटीमा एउटा र शरिरको पछाडी भागमा एउटा गरी ६ गोली लागेको थियो । रौतहट जिल्लाको चन्द्रपुर नगरपालीका–२, गैंडाटारको सामुदायिक वनमा भदौ ४ गते घाइते अवस्थामा भेटिएको गैंडालाई चितवनको सौराहामा रहेको जनकौली सामुदायिक वनको गैंडा क्याम्पमा राखेर उपचार गरिएको हो । रौतहटमा प्राथमिक उपचार गरी बेहोस बनाएर ट्रकमा राखेर चितवन ल्याई उपचार गरिरहेको र सुधारको संकेत देखिएको उपचारमा रहेका पशु चिकित्सक डा। कमल गैरेले बताउनुभयो ।
चितवन निकुञ्जले दुई वर्ष यता चोरी शिकारी शून्य वर्ष मनाउँदै अएको थियो । निकुञ्ज र आरक्ष क्षेत्र बाहिर गैंडालाई गोली हानिएको पहिलो घटना भएको निकुञ्जले बताएको छ ।
यस्तै पश्चिम चितवनको मेघौलीमा करेन्ट लागेर गैंडा मरेको घटनामा ९ जना विरुद्ध कारवाही प्रक्रिया सुरु भएको छ । गैंडा मुत्यु प्रकरणमा चितवन निकुञ्जले स्थानीय एक होटलका ९ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि चार जनालाई थुनामा पठाएको, चार जनालाई साधारण तारेखमा छाडिएको, एक जनालाई ५० हजार रुपैयाँ धरौटीमा छाडिएको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षण ऐनको २६ को उपदफा १ अनुसार मुद्दा दर्ता भएको जनाइएको छ । एक वर्ष भन्दा बढी सजाय हुने खालका मद्दा निकुञ्जले हेर्न नपाउने व्यवस्था भएअनुसार अहिले मुद्दा अदालतमा आएको हो ।
चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराई अगाडी गएको साउन २४ गते करेन्ट लागेर एउटा बयस्क पोथी गैंडा मरेको थियो । होटलका कार्मचारीको लापरबाहीले करेन्ट छाड्दा गैंडा मरेको आरोपमा निकुञ्जले ९ जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।