२ सय ७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिए

रुपक कालिराज
हेटौडा १९ भदौं । लियो क्लव अफ हेटौडा भुटान देविले तिजको अवसर पारि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७ जनाले स्वास्थ्य सेवा लिएका छन । पछिल्लो समयमा हरितालिका तिज पर्व भड्कीलो र विकृतिको रुपमा समाजमा मौलाउदै गयो भनेर चिन्ता व्यक्त गरिरहेको बेलामा मकवानपुरमा रहेको लियो क्वल अफ हेटौडा भुटान देविले तीज पर्वलाई नाचगान, खानपिन र रमाइलो कार्यक्रममा मात्रै सिमित नराखि महिलाहरुको नि शुल्क स्वास्थ्य परिक्षण गरि एउटा नुमना काम गर्ने र तीजमा आईपरेको समस्यलाई न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको
क्लबका अध्यक्ष अर्जुन लामिछानेले जानकारी दिनु भयो ।

शिविरमा आएका मध्ये अधिकांशमा पेट दुख्ने,ग्यास्टिक रहेको जनाएको छ । सो शिविरमा पेट दुख्ने,ग्यासटिक तथा विहोस भएर ढल्ने लगायतका बिरामीको निःशुल्क उपचार तथा निःशुल्क रुपमा औषधि प्रदान गरिएको उहाँले बताउनु भयो ।

लायन्स क्वल अफ हेटौडा भुटान देवि र जन स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घघाटन ambashador अफ गर्भनर ( ए.ओ.जि) लायन करुणा महतले गर्नुभएको थियो । सो अवसरमा उहाँले सबैमा सुःस्वास्थ्य तथा दिर्घायुको कामना गर्नुको साथै तिजको शुभकामना समेत दिनु भएको थियो । लायन्स क्वल हेटौडा भुटान देविको सह सचिव रजनी तिवारीले ५ हजार, १० जार शुद्ध खाने पानी, १ जना महिला स्वस्थ्या कर्मी समेत व्यवस्था गर्नु भएको थियो ।

विहान ११ वजे देखि शुरु भएको शिविर साँभm ६ वजे सम्पन्न भएको थियो । सोहि अवसरमा क्वलले बर्तालुभक्तजनहरुलाई मध्यनजर गरि खाने पानीको समेत व्यवस्था गरिनुको साथै भक्तजनहरु लाइनमा राख्नको लागि समेत उल्लेखनिय भुमिका निर्वाह गरेको क्वलका सह—सचिव अनिल अधिकारीले जानकारी दिनु भयो ।

लियो क्वल अफ हेटौडा भुटान देविका अध्यक्ष अर्जुन लामिछानेको सभाध्यक्षतामा भएको शिविरमा लायन्स क्वलका पदाधिकारी, लियो क्वल क्वलका सम्पूर्ण पदाधिकारीहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।