पत्रकार शान्ता अधिकारी सम्मानीत

चितवन, १९ भदौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर शनिबार रत्ननगरको एक कार्यक्रममा पत्रकार शान्ता अधिकारी सम्मानीत हुनु भएको छ ।shanta sammanरत्ननगर १ सौराहा चोकमा रहेको रिलेशन एफएमले आयोजना गरेको रिलेसन तीज उत्सव २०७३ को अवसरमा अधिकारी रिलेशन नारी सम्मानबाट सम्मानीत हुनु भएको हो ।

लामो समय पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेर यही क्षेत्रबाट समाज परिवर्तनमा उदाहरणीय काम गर्नु भएको जनाउँदै उक्त योगदानको कदर गर्दै उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल अधिकारी प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ३ को पदाधिकारी एवं प्रेस सेन्टर चितवनको सल्लाहकार हुनुहुन्छ ।

गोरखापत्र दैनिकमा कार्यरत अधिकारीले आफ्ै प्रकाशक एवं सम्पादक रहेर शुभेच्छा सन्देश नामको साप्ताहिक पत्रिका प्रकाशन गर्दै आउनु भएको छ ।

अधिकारी संगै समाज परिवर्तनमा लामो समय योगदान गर्नुहुने निरकला शर्मा र शिक्षा क्षेत्रमा लामो योगदान गर्नुहुने राधा बालिका खनाललाई पनि रिलेशन नारी सम्मान प्रदान गरिएको छ ।
तीज उत्सवमा कलाकार हरियोञ्जन, अञ्जु जोशी, सीता श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए ।

रत्ननगर कला केन्द्रका कलाकारको साँगितिक प्रस्तुती समेत रहेको उक्त कार्यक्रममा एसियाकै होची कलाकार मञ्जु घिमिरे र एउटा गोडाले मात्र नृत्य गर्ने नर्तकी रोमा न्यौपानेको प्रस्तुती दर्शकको आकर्षण रहेका थिए ।
कार्यक्रमको पहिलो चरणमा कलकार सरोज खनाल विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत स्थानीय समाजसेवीले आफ्नो मन्तव्य राखेका थिए । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टर चितवनकी निर्वतमान अध्यक्ष पनि हुन् ।

shanta samman-1