अध्यक्ष पदका लागि विनुको उम्मेदवारी घोषणा, सवल र सक्षम उम्मेदवार हुन् : अग्रज काग्रेस नेता, तयारी अन्तिम चरणमा

सरस्वतीकुमारी शर्मा
चितवन, १९ भदौं । नेपाल तरुणदल चितवनको अध्यक्षमा विनु रायमाझी पौडेलले आफ्नो उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
काग्रेस सभापति शेरवहादुर देउवा निकट नेताहरुको वैठकले पौडेललाई अध्यक्ष पदमा उम्मेदवार वनाउने निणर्यसगैं उनले आफुले अध्यक्ष पदका लागि उम्मेदवारी घोषण गरेको सौराहा अनलाईन जानकारी दिईन् । binu
तरुण दललाई सच्चै नमुना तरुण दल बनाई अगाडी बढाउने प्रतिक्रिया दिईन् ।
यो संगै पौडेलले आफ्नो प्रचारलाई तिव्रता वनाएकी छिन् ।

नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष स्व. शिव पौडेलकी धर्मपत्नी रायमाझी पौडेलको सम्मानका लागि निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको काँग्रेस नेताहरुले वताउछन् । यति मात्र नभई उनी तरुणदलको नेतृत्वका लागि सवल र सक्षम उम्मेृदवार रहेको काँग्रेसका अग्रजहरु बताउछन् ।

श्रीमान्को जिल्ला कारागारमा निधन भएपछि राजनितिमा आफुलाई वढि मात्रामा सक्रिय बनाउदै आएकी पौडेलले आफुले तरुणदलको नेतृत्व लिन पाए जिल्लामा रहेका सबै तरुणलाई काँग्रेसको चारतारे झण्डामुनी गोलवद्ध गराउन सफल हुने वताउछिन् ।

उनी विद्यार्थी राजनिति जिवन बिताउदै तरुणदलको विभिन्न पदमा रही आफ्नो जिम्मेवारी समेत पुरा गर्दै आएकी छन् ।
सरल र सहयोगी भावनाकी पौडेलले तरुणहरुलाई प्रशिक्षण र वेरोजगारीका कारण समाजमा अस्थिरता आएको बताउछिन् ।

तयारी अन्तिम चरणमा
नेपाल तरुणदल चितवनको भोलि हुने चौथो जिल्ला अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी अनतर्गत जिल्लामा रहेका गाउँ, नगर, र क्षेत्रको अधिवेसन सम्पन्न भएको छ । यस्तै भोलि हुने निर्वाचनका लागि निर्वाचनको तयारी समेत अनितम चरणमा पुगेको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशिले जानकारी दिनु भयो । गाँउ, नगर र क्षेत्र वाट आएका ३ सय ८२ जना प्रतिनिधि अधिवेसनमा सहभागिता जनाउने छन् ।
अधिवेसनको अन्तिम समयमा आएर तरुणदल चितवनका सभापतिले अधिवेसन सार्ने भनि विज्ञप्ति जारी गरेपछि आज वसेको नेपाली काँग्रेस चितवनको वैठकले भोलिको अधिवेसन जुन सुकै परिस्थिति आए पनि स्थगित नगर्ने निर्ण गरेको छ । पदाधिकारी, तरुणदल चितवनका पदाधिकारी र निर्वाचन समिति विच वसेको बैठकले यस्तो निर्णय गरेको हो । विगत लामो समय सम्म अधिवेसन हुन नसकेको समयमा निर्वाचन हुदैन भन्ने हल्लाले तरुणहरुलाई विचल्लित गराउन लागिएको भन्दै सवै तरुणहरुलाई उत्तसाहा पूर्वक सहभागिता जनाउनका लागि पनि आग्रह गरेको छ ।
यसै विच नेपाल तरुणदल चितवनको अध्यक्ष पदका प्रत्यासिहरुले निर्वाचनमा सहभागिता जनाउनका लागि सवैलाई अपिल गरेका छन् ।