बंगुरको मासु भुटान निर्यात गर्ने तयारी

राजेन्द्र आचार्य

चितवन, १९ भदौ। नेपालबाट बंगुरको स्वास्थ मासु विदेश निर्यात गर्ने तयारी गरिएको छ । बंगुरको मासु जाँच पास गरेर पठाउने तयारी गरिएको पशुसेवा विभाग अन्तरगतको केन्द्रीय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालयले जनाएको छ ।20160904_124731

अहिले पनि लुकीछिपी भारतको सिक्किम, भुटान र चीन लगायतका देशमा यस्तो मासु निर्यात भइरहेको पाइएकोछ ।
अब वैधानिक रुपमा मासु निर्यात लागि मन्त्रालयको एक टोलीले विदशेी बजारको अध्ययन गरेको छ । नेपालमा पालिएका उन्नत जातका बंगुरको मासु गुणस्तरीय र स्वास्थ्यवर्द्धक पाइएपछि मासु भुटानमा निर्यात गर्न लागिएको कार्यालयका प्रमुख डा. जगदिश पाण्डेले जानकरी दिए ।

‘हामी तयारीमा धेरै कामहरु गरिरहेको छौ’, उनले भने,’कति टन लैजाने त्यसबारेमा निर्णय हुन बाँकी छ ।’ कार्यालयको तथ्यांकअनुसार आव २०६८र६९ मा १८ हजार २७७ टन सुंगुर र बंगुरको मासु उत्पादन भएकोमा २०६९र७० मा २.३६ प्रतिशतले बढेर १८ हजार ७०९ टन पुगेको थियो ।

आव २०७०र७१ मा ६.१५ प्रतिशतले वृद्धि भएर मासु १९ हजार २६९ पुगेको थियो भने २०७१र७१ मा ४.४९ प्रतिशतले बढेर सुँगुर र बंगुरको मासु उत्पादन २० हजार १३५ टन पुगेको थियो ।

पशुसेवा विभाग अन्तरगतको केन्द्रिय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालयले यो बर्ष नेपालका विभिन्न १५ जिल्लामा बंगुर व्यवसाय सुधार कार्यक्रम सुरु गर्दै कृषकहरुलाई यो व्यवसायमा अब्बल समेत बनाउने काम सुरु भइसकेको उनले बताए ।

यसका लागि १५ जिल्लामा २ करोड १० लाख रुपैयाँको अनुदान दिन लागिएको पाण्डेले बताए । पुर्वाञ्चलमा झापा, सुनसरी र धनकुटा, मध्येमाञ्चलमा चितवन, काभ्रे र मकवानपुर, पश्चिमाञ्चलमा तनहुँ, कास्की र नवलपरासी, मध्यपश्चिमाञ्चलमा बाँके, बर्दिया, दाङ र सुर्खेत तथा सुदुरपश्चिमाञ्चलमा कैलाली र कञ्चनपुरमा कार्यक्रम लागु भएको हो । चितवनमा आयोजित कार्यक्रममा कार्यालयले यस्तो जानकारी दिएको हो ।
कार्यक्रम नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भएअनुसार यसरी जिल्ला छनोट गरेर काम थालिएको हो ।
अहिलेको अनुदानले बंगुर थप्न नपाइने तर त्यसको सुधारका लागि आधुनिक प्रविधि भित्र्याउन पाइने प्रावधान छ ।
पछिल्ला केही बर्षमा बंगुरपालन व्यवसाय फष्टाउँदै आएको छ ।

नेपालमा दर्ता भएका १४ सय बुँगुर फार्म रहेका छन् । यहाँ ३ लाख बढीलाई रोजगारी रहेको बंगुर प्रवर्द्धन कार्यक्रमले जनाएको छ ।