मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गयो

नवपरासी, १९ भदौ ।  नवलपरासीको कावासोतीमासवारी दुर्घटनामा ३ वर्षीय बालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति साढे १० बजेको समयमा कावासोती नगरपालिका १ हात्तीखोरस्थित भित्रि सडक खण्डमा हात्तीखोरबाट कावासोतीतर्फ आउदै गरेको लु १३ प ५०७८ नं को मोटरसाइकलले ठक्कर दिंदा बालकको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका हात्तीखोर निवासी रोशन घर्ती मगरको छोरा वर्ष ३ को रुद घर्ति मगरको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।