रेडियो अर्पणको आयोजनामा बृहत तिज महोत्सव हुँदै

बिशाल सापकोटा, चितवन, १९ भदौ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा आज रेडियो अर्पणले बृहत तिज महोत्सव आयोजना गर्दैछ ।

रत्ननगर १ बकुलहर स्थित रेडियो परिसरमा हुने तिज महोत्सवमा राष्ट्रिय तथा स्थानियका कलाकारका साथै समुहगत तिज गित प्रतियोगिता समेत राखिएको छ ।

समुहगत तिज गित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने टिमलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

बिगतका बर्षमा जस्तै यसबर्ष पनि तिज महोत्सव कार्यक्रमलाई निरन्तरता दिईएको रेडियोका कार्याकारी अध्यक्ष बेदप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसारमा यसपालि पनि चितवनको उत्कृष्ट सामुदायीक रेडियो, रेडियो अर्पणले बिभिन्न पेसामा आबद्ध भई समुदायमा पु¥याएको योगदान कदर स्वरुप ४ महिलालाई अर्पण नारी सम्मान २०७३ बाट सम्मानित गर्दैछ ।

सञ्चार, समाजसेवा, साहित्य र चिकित्सा पेसामा आबद्ध अगुवा महिलाहरुलाई सम्मानित गर्न लागिएको कार्याकारी अध्यक्ष आचार्यले बताउनुभयो ।

अर्पण बचत ऋण सहकारी संस्था लिमिटेडको सह–आयोजनामा हुन लागेको तिज महोत्सव मध्यान्न १२ बजेपछि सुरु हुनेछ भने रेडियो अर्पण १०४ थोप्लो मेगाहर्ज र अनलाईनमा www.radioarpan.com.np  बाट सँसारभर प्रत्यक्ष प्रशारण सुन्न सकिनेछ ।

यस्तै अभियान टेलिभिजन र अर्पण टेलिभिजनबाट समेत अर्पण तिज महोत्सव २०७३ प्रत्यक्ष हेर्न सकिनेछ ।