‘गुणस्तरीयता नै कर्मा रेस्टुरेन्टको पहिचान हो’

प्रस्तुती : आशिष अधिकारी
वि.सं. २०४५ सालदेखि निरन्तर रुपमा होटल क्षेत्रसँग सम्बन्धित रहेर होटल व्यवसाय गर्दै आएका दुर्गादत्त अधिकारी अहिलेका नाम चलेका होटल व्यवसायीहरुमध्येका एक हस्तीको रुपमा परिचित छन् । आजभन्दा २९ वर्ष अगाडि देखिनै होटल र होटलसँग सम्बन्धित क्षेत्रमा रुचि राख्दै आएका कारण उनी आज नारायणगढ होटल व्यवसायीहरु मध्येमा एक सफल व्यवसायी मानिन्छन् । karamaआफ्ना बुबाआमाको प्रेरणाबाट यस क्षेत्रमा लागेको उनको तर्क छ । विद्यार्थी जीवनमा अध्ययन सँगसँगै तोरी मिल र बस सञ्चालन गर्ने कामसम्म गरे उनले । तोरी मिल सञ्चालन गर्दागर्दै गाडी किनेर चलाइयो र पछि घरमा बुबाले होटल चलाएको देखेर होटल क्षेत्रप्रति मेरो रुचि बढ्न गयो । आज होटल व्यवसायी बन्न पुगियो । नारायणगढको सहिदचोकमा रहेको न्यू कर्मा रेस्टुरेन्टका सञ्चालक अधिकारी चितवन होटल संघको कार्यसमिति सदस्य छन् । उनी सिर्जना बचत समूहको अध्यक्ष पनि हुन् । चितवनमा विभिन्न लायन्स क्लबहरुमा आवद्ध भएर काम गरिसकेका अधिकारीसँग नयाँ बिहानीका लागि आशिष अधिकारीले गरेको कुराकानीको सारसंक्षेप :–

karama-durga
न्यू कर्मा रेस्टुरेन्ट कस्तो रेस्टुरेन्ट हो ?
चितवनको नारायणगढमा विगत २१ वर्ष अगाडिदेखि सञ्चालन हुँदै आएको एक नाम चलेको रेस्टुरेन्ट हो । हामीकहाँ सफा र शान्त वातावरणमा बसेर मिठा मिठा परिकारहरु खान पाइन्छ । खाजा र नास्ताको लागि राम्रो व्यवस्था रहेको छ । हामीकहाँ एक पटक खाएको ग्राहक प्रयाजसो यहीँ नै आउने गर्दछ किनकि हामकहाँ खाजाको गुणस्तर एकै प्रकारको हुन्छ ।
तपाईंको रेस्टुरेन्टमा कुन कुन परिकारहरु पाइन्छ ?
हाम्रा हालका उपलब्ध सेवाहरुमा तास, मःम, चाउमिन रहेका छन् । साथसाथै चिकन र मटनका सबै परिकारहरु हामीले ग्राहकहरुलाई पस्किन सफल भएका छौँ । अन्य रेस्टुरेन्टहरुमा भन्दा न्यू कर्मामा फरक स्वादको अनुभूति दिलाउने खालको तास, मःम र चाउमिन पाइन्छ । आजसम्म यी परिकारहरुमा ग्राहकहरुको गुनासो आएजस्तो लाग्दैन । हामी अझ नयाँ रुपमा प्रस्तुत हुँदै छौ र नयाँ नयाँ खाजाका परिकारहरु ग्राहको माझमा ल्याउँदै छौँ ।
कर्मामा नै किन आउने ग्राहक खाजाको लागि र?
बिलकुलै फरक स्वाद र अनुभूतिको लागि हामी नयाँ नयाँ स्वाद प्रत्येक दिनको खाजामा ग्राहकहरुलाई दिलाउने जमर्को गर्छौं । आदर, सत्कार गर्नुका साथै व्यवहार र बोलीचालीमा मिठास पनि दिने गर्दछौँ । हामीकहाँ आएको ग्राहक पुनः आउँछ भन्ने हाम्रो मान्यता छ । त्यसैले फरक स्वाद, ताजा खाजा र स्वागत सत्कारमा ध्यान दिनाले पनि हामीकहाँ ग्राहकहरु बारम्बार आउने गर्दछन् । साथै रेस्टुरेन्टमा हुनुपर्ने न्यूनतम पूर्वाधार÷ मापदण्ड आफूले पूरा गरेको जस्तो लाग्छ । सम्पूर्ण मापदण्ड र पूर्वाधार पूरा भएका छन् भनने त होइन तर हाम्रो मापदण्ड र पूर्वाधार पूरा भएका छन् र हाम्रो उद्देश्य भनेको गुणस्तरीय सेवा दिनु हो ।

karama-1
बजारका रेस्टुरेन्टहरुमा गुणस्तरीयता छैन भन्ने जनगुनासो छ, यसमा तपाईंको भनाइ के छ ?
हामीले गुणस्तरीयता कायम राख्न भरमग्दुर प्रयत्न गररहेका छौँ । गुणस्तरीयतामा हामीले कहिल्यै कन्जुस्याइँ गर्दैनौँ । सक्दो रुपमा गुणस्तरीयता कायम राख्ने हाम्रो प्रयास जारी रहिरहन्छ । हामीले अखाद्य वस्तु मिसावट गर्दैनौँ । कहिलेकाहीँ भुलवश कमजोरी हुन सक्छ र त्यसलाई सुधार गर्दै जान्छौँ । हाम्रो उद्देश्य भनेको गुणस्तरीय सेवा दिएर अगाडि बढ्न चाहन्छौँ नकि गलत गरेर छोटो समयमा नै धन कमाउने हाम्रो उद्देश्य छैन । प्रशासनबाट समय समयमा निगरानी परिन हुने गर्दछ र म आफै पनि निगरानी समितिमा छु ।

.