त्रिवेणी युवा क्लब मुग्लिनले १२ वर्ष पछि भलिबल प्रतियोगिता आयोजना गर्दै

विनोद श्रेष्ठ
चितवन, भाद्र १८ । त्रिवेणी युवा क्लब मुग्लिनले १२ वर्ष पछि भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । तिजको अवसरपारी क्लबले खुल्ला नकआउट राष्ट्रीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । भाद्र १८ गते त्रिवेणी बराह माध्यमिक विद्यालयको प्रारङ्गढमा गर्न लागिएको उक्त प्रतियोगितामा २० भन्दा बढी टिमहरु सहभागी हुने क्लबका सचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कुनै समय भलिवल खेलमा नाम कमाउन सफल यस क्लबले १२ वर्ष पछि युवाहरुलाई यस खेलप्रति जागरुक गराउनको लागि प्रतियोगिता आयोजना गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
क्लबले प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्धितीय हुने टिमलाई २५ हजार र सेमी फाइनलमा पुग्ने २ टिमलाई १० १० हजार नगद पुरस्कार सँगै सिल्ड र प्रमाणपत्र दिने जनाएको छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि विषेश पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागीताको लागि चितवन, नवलपरासी, लम्जुङ, गोरखा, धादिङ्ग एवं तनहुका क्लबहरुबाट टिमहरु आउने बताउनुभएको छ ।
यस त्रिवेणी युवा क्लब मुग्लिनले खेलकुद बाहेक, विभिन्न चार्ड पर्वहरुमा साँस्कृतिक कार्यक्रम सँगै बजारको फोहरमैला व्यवस्थापनको कामहरु पनि गर्दै आएको छ ।