करेन्ट लागेर एक युवकको ज्यान गयो

download
अनिल भट्टराई भदौ १८ चितवन
करेन्ट लागेर अमृतनगरमा एक युवकको ज्यान गएको छ । घर नजिकै पश्चिम चितवन शखंरचोकमा वेल्डिङ गर्ने क्रममा २७ बर्षिय विक्रम परीयारको शुक्रबार साझ ६ बजे करेन्ट लागेको स्थानियले बताएका छन् । स्थानिय सुदिप देवकोटाका अनुसार अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । शवलाई अहिले पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।