क्रिस्टल कलेज र प्यारागनको तिज बिशेष कार्यक्रम सम्पन्न

IMG_20160902_095539

चितवन, १७ भदौ । पुर्वि चितवनको क्रिस्टल कलेज तथा प्यारागन उच्च मा.बि.को आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको कलेजका अध्यक्ष युगबहादुर थापा तथा कलेज प्राचार्य गितानाथ अर्यालले संयुक्तरुपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कलेजका अध्यक्ष थापाले नेपाली हिन्दु महिलाहरुको महान पर्वका रुपमा लिईने तिजका नाममा पछिल्लो समय बिकृती बढेको बताउँदै धर्म संस्कृतीको संरक्षणमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

तिजका नाममा हुने उग्र तडक भडक रोक्न बिद्यार्थीहरुले पनि बिशेष भुमिका खेल्न सक्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष थापाले प्रभाब राख्ने सामाजिक कार्यमा पनि हात बिस्तार गर्न सुझाब दिनुभयो ।

औपचारिक समारोह सकिए लगत्तै बिद्यार्थीहरु बिच दरखाने कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा कलेज र स्कुलका शिक्षिकाहरु श्रद्धा अर्याल, सन्ध्या क्षेत्रि, लगायतले तिज बिशेष गित गाउनुभएको थियो भने दर्जन बढि बिद्यार्थीहरुले बिभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।

IMG_20160902_095512

हरितालिका तिजको पुर्वसन्ध्यामा कलेज परिसरमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुले नाचगान गरि रमाईलो गरेका हुन ।

IMG_20160902_103032

कक्षा ११ र १२ का बिद्यार्थीको अग्रसरतामा भएको कार्यक्रममा पप गायक अमित रसाईलीले आफ्नो गायन प्रस्तुती प्रस्तुत गर्नुभयो ।

आफ्ना चर्चित ४ गितमा बिद्यार्थीहरुमाझ स्वर भरेका गायक रसाईलीलाई आयोजकले खादा ओढाएर सम्मान समेत गरेको कक्षा ११ का छात्र अर्जुन गिरीले जानकारी दिनुभयो ।

IMG_20160902_112108

कार्यक्रममा कलेजका सह प्राचार्य नगेन्द्र राज पाण्डे, एन्जल्स बोर्डिङ स्कुलका प्राचार्य केशब लामिछाने, अनुशासन पालक टंक प्रसाद पराजुली, शिक्षकहरु बिष्णुबाबु जोशी, मुक्ति कडेंल, गोकुल पराजुली, शिक्षिकाकाहरु श्रद्धा अर्याल, लेखा प्रमुख सन्ध्या क्षेत्रि लगायतको आतिथ्यता थियो ।

कलेजका बिद्यार्थीव्दय बिशाल सापकोटा र साहारा गिरीले सञ्चालन गरेको कार्यक्रम आयोजक कमिटीका अध्यक्ष भुपाल गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।