पर्यटन मैत्री बनाउन आवश्यक पहल कदमी गर्ने

करुणा देवकोटा
चितवन, भदौ १७ । व्यवसायी महासंघ नेपालले होटल व्यवसायीहरुको विकास निर्माण कार्यहरुलाई पर्यटन मैत्री बनाउन आवश्यक पहल कदमी गर्ने जनाएको छ । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा विदेशी पयर्टकहरुलाई नेपाल भित्राउन विभिन्न देशमा गई पर्यटन सम्बन्धी कर्यक्रमहरु गर्ने सम्झौतालाई यथाशिघ्र कार्यान्वयन गराउने महासंघको भनाई छ ।

भदौ १४, १५ र १६ गते चितवनमा भएको होटल व्यवसायी महासंघको दोस्रो अधिवेशनबाट निर्वाचित नयां कार्यसमितीले शुक्रवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जनाएको हो । होटल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष्ँ अमृत भुजेलले पर्यटन प्रवद्र्धन गर्न प्रत्येक राजनितिक दलहरुको घोषणा पत्रमा वडा, गाउं, नगर लगायतका स्थानीय तथा केन्द्रिय संरचना पर्यटन विकासको योजना राख्न दवाव दिने बताएका छन् ।

होटल व्यवसायी र घर धनीबिचको सम्बन्ध सुमधुर बनाउको लागि निर्देशिका बनाएर लागु गर्न पहल गर्ने भुजेलको भनाई छ । व्यवसायी, कर्मचारी, एवं मजदुरहरुको सुरक्षँको लागि बिमाको उचित व्यवस्था गर्ने बताएका भुजेलले देशभरका होटलमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत विवरण तथ्यांक बनाएर राख्ने समेत पत्रकार सम्मेलन मार्फत उद्घोष गरेका छन् । होटहरुमा कार्यरत कर्मचारी तथा मजदुरहरुको शिप विकासको लागि आवश्यक तालिम तथा प्रशिक्ष्ँणका कार्यक्रमहरु लागु गर्न पहल गर्ने भुजेलको भनाई छ । भुजेलले होटल व्यवसायीहरुको क्ष्ँमता अभिवृद्धि र व्यवसायमा नयां प्रविधि भित्राउनको लागि सिटिइभिटीसंग समन्वय गरेर अगाडी बढ्ने जानकारी पनि दिएक छन् ।

होटल व्यवसायी महासंघ नेपालको दोस्रो महाधिवेशनबाट पुन: अमृत भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा भुजेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । महासंघको बरिष्ठ उपाध्यक्षमा श्रीराम गिरी, प्रथम उपाध्यक्षमा पदमलाल अवस्थी, द्धितिय उपाध्यक्षमा निर्मला कार्की, महासचिवमा उदयनारायण सापकोटा, उप महासचिवमा अर्जुन चोखाल निर्वाचत भएका छन् । ५३ जनाको कार्यसमिति चयन गर्दै महाधिवेशन विहीबार सकिएको हो ।