अर्पण बचतको छैठौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

14102204_1414474735234353_4578107988870480864_n

चितवन, १६ भदौ  । पुर्वि चितवनको बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज रत्ननगरमा आयोजना गरेको वृहत खुल्ला रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन ।

संस्थाको छैठौँ बार्षिकोत्सवमा रत्ननगर १ बकुलहर स्थित कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित ३४ जनाले रक्तदान गरेका हुन ।

जिल्लामा रगतको अभाव नहोस भनेर बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बेदप्रसाद आचार्यले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपानेले रक्तदाता तथा व्यवसायी विपिन पोख्रेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

14212113_1414475255234301_5201137352007227982_n

संस्थाका कोषाध्यक्ष मेघनाथ पौडेलले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम रेडियो अर्पण १०४ थोप्लो ५ मेगाहर्ज,अभियान टेलिभिजन, रक्त संचार केन्द्र भरतपुर तथा रत्ननगर ८ मा रहेको युनाइटेड वेभरेज प्रा.लि. पल्पी जुस एवंम सूर्य भेटेनरी तथा पूर्वी चितवन केरा उत्पादक संघको सहयोगमा गरिएको हो ।

अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा रेडियो अर्पणका कार्यकारी अध्यक्ष बेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक जयराज सापकोटा, जनजागृति सहकारी संस्था लिमिटेडका अध्यक्ष रमाकान्त पौडेल, लायन्स क्लव अफ रत्ननगर मिड नेपालका द्धितिय उपाध्यक्ष पुष्पराज श्रेष्ठ, लायन्स क्लव अफ रत्ननगर पिसका सचिव प्रकाश दुवाडी,जिल्ला आयुर्वेद औषधालयका प्रतिनिधि लगाएतको सहभागिता थियो ।