रामेश्वर पुस्तकालय अन्तरक्रिया

बालकृष्ण थपलिया
चितवन, १५ भदौ । जीवन पर्यन्त शिक्षाको लागि पुस्तकालय भन्ने मूल नाराका साथ राष्ट्रव्यापीरुपमा सञ्चालित नवौं राष्ट्रिय पुस्तकालयको अवसर पारि आज रामेश्वर पुस्तकालय तथा वाचनालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा सामुदायिक पुस्तकालय महासंघका महासचिव कृष्णहरि देवकोटाले कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक पसस्तकालयको उपादयताबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा साहित्यकार केदारनाथ खनाल, नमूना शर्मा, जलदेवी टोल विकास संस्थाका सल्लाहकार संयोजक पूर्ण बहादुर श्रेष्ठ, ब्राम्ही बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शशी श्रेष्ठ, दोभान सामुदायिक पुस्तकालयका अध्यक्ष रामप्रसाद वस्ती लगायतले मन्तव्य राख्नु भएको थियो ।
पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षमा सञ्चालित कार्यक्रममा पुस्तकालयका सचिव बालकृष्ण थपलिया, कार्यक्रम संयोजक सोमराज आचार्य लगायतले बोल्नु भएको थियो ।