अधिकारका लागि महिलाहरु एक हुनु पर्छ : माओवादी केन्द्र नेता मौसम

हिरालाल गुरुङ्ग
चितवन भदौ १५ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रताप गुरुङ ‘मौसम’ले हक अधिकारका लागि महिलाहरु एक जुट हुनु पर्ने बताउनुभएको छ । आज अखिल महिला संघ क्रान्तिकारी दारेचोक चितवनले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको विषेश अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै केन्द्रिय सदस्य मौसमले नयाँ संविधानमा स्थानिय निकायमा ५० प्रतिशत प्रदेशमा ४० र केन्द्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको भन्दै कार्यन्वयनमा बाधा आए पार्टी भन्दा माथी उठेर सबै महिलाहरु एक जुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो14191566_1163902473666462_1013814877_o

अहिलेको संविधानले प्रमुख र उपप्रमुख एउटामा महिलाको सहभागिता अनिवार्य तथा आमाको नामबाट नागरिकता पाउने लगायत महत्वपुर्ण अधिकार सुनिश्चित गरिएकोले यसलाई कार्यन्वयनमा ल्याउन पनि महिलाहरु एक जुट हुनु पर्ने कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका मौसमको भनाईछ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सबै पार्टीका महिलाहरुले एकै मंचमा कार्यक्रम गर्न सुझा दिएका थिए । उनिहरुले तीजलाई संस्कृतिको रुपमा मनाउनु पर्ने भन्दै दैनिक विभिन्न महिला संघको नाममा तडक भडक कार्यक्रम नगर्न सुझाव दिएका हुन । नेपाली कांग्रेसका हरि नेपाल, एमालेका नर बहादुर नेपाल, माओवादी केन्द्रका जिल्ला सदस्य रामहरि कडेल,समाजसेवी बलराम सिलवाल लगायतले सबै महिलाहरु हक अधिकारका लागि एक हुनु पर्ने र आगामी दिनमा तीज कार्यक्रम सबै पार्टीका महिलाहरु मिलेर एउटै मंचमा गर्न सुझाव दिएका हुन ।

कार्यक्रममा बोल्ने महिला प्रतिनिधिहरुले महिलाहरुलाई सरकार देखी लिएर अन्य सबै निकायमा ३३ प्रतिशत सहभागीताको अवसरबाट अझै बन्चित गरिएको भन्दै सबै पार्टीका नेताहरुलाई गम्भिर भएर महिलाको हक अधिकार प्रति सकरात्मक बन्न आग्रह गरेका थिए । दारेचोक गाविसको कार्यालयको प्रांगणमा भएको कार्यक्रममा लोक दोहोरी गायकहरु चन्द्र परियार, पृथ्वी गुरुङ, र सितल गुरुङ लगायतले आफ्नो प्रश्तुती दिएका थिए । साथमा दारेचोक गाविसमा रहेका विभिन्न आमा समुहरुको प्रश्तुती रहेका थिए । कार्यक्रम दारेचोक गाविसका सचिव निलकण्ठ लामिछाने प्रमुख अतिथि तथा मओवादी केन्द्रका केन्द्रिय सदस्य प्रताप गुरुङ मौसमको विशिष्ट अतिथि र अखिल महिला संघ क्रान्तिकारी दारेचोकका संयोजक तथा जिल्ला सदस्य सावित्रि सिलवालको सभापतित्वमा सम्पन्न भएको हो ।