साँच्चै तरुण तरुणदलको कोषाध्यक्ष वन्दै

चितवन, १छ भदौं । नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघको महाधिवेसन सके लगतै आफ्नो अर्को ठूलो भातृ संगठन नेपाल तरुणदलको महाधिवेसनको तयारीलाई तिव्रता दिएको छ । २०१० सालमा विशेश्वर प्रसाद कोईरालाले स्थापना गर्नु भएको तरुणदललाई काँग्रेसले आफ्नो मेरुदण्डको रुपमा लिदै आएको छ । जस अन्तर्गत तरुणदल चितवनको जिल्ला अधिवेसनको तयारी अनुसार गाउ नगरवडा र नगर अधिवेशसन समेत सम्पन्न गरिसकेको छ । यहि भदौ २० गते हुन लागेको जिल्ला अधिवेसनका लागि सभापति सहित अन्य पदमा विभिन्न व्याक्तिहरुको दावि रहदै आएको छ । यसै सिलसिलामा तरुणदल चितवनको कोषाध्यक्षमा तरुणहरुका ढुकढुकि भिष्म अधिकारीले आफ्नो स्पष्ट दावेदारी प्रस्तुत गरेका छन् । राजनितिमा लागेर धेरै भतृ संस्थामा पद खोज्नु भन्दा एक संस्थामा लाग्ने र त्यसलाई वलियो र सफल वनाउने उद्धेश्यका साथ उनले तरुणदल चितवनको कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहेको वताएका छन् ।
अहिले तरुणदल चितवनको कोषाध्यक्षमा आफ्नो प्रतिसप्रधि खासौ कोहि नदेखेको वताउने अधिकारीले आफु तरुण दलको साच्चै तरुण कोषाध्यक्ष वने समेत वताउनु भयो । युवाहरु रोजगारीको शिलशिलामा विदेशिने परिपाटिलाई रोक्दै स्वदेशमानै व्यावसाय तर्फ केन्द्रित गराउनका लागि आफु राजनितिमा लागेको अधिकारीले वताउनु भयो ।
अहिले तरुणदलमा संक्षम नेतृत्वको खाँचो रहेको भन्दै उनले त्यो संक्षमता आफुमा रहेको वताएका छन् । विगत लामो समय देखि नेपाल विद्यार्थी संघको राजनितिमा सकृय अधिकारी पछिल्लो समय आफुलाई तरुणदलमा सकृय वनाउदै लगेका हुन । हालै सम्पन्न नेपाल विद्यार्थी संघको महाधिवेसनमा महाधिवेसन प्रतिनिधि समेत रहेका अधिकारीले आफुलाई अव नेविसंघ मार्फत नभई तरुणदल मार्फत राजनितिमा अघि वढाउने उदेश्यका साथ महाधिवेसन प्रतिनिधिवाट राजिनामा दिएका थिए ।
माडिको गोविन्दवस्तिमा जन्मिएर हुर्किएका अधिकारीको पारिवारीक पृष्ठभूमि पनि राजनितिनै रहेकाले उनलाई राजनितिमा कुनै रोकछेक नरहेको उहाँले बताउनु भयो । वाणिज्य शास्त्रमा स्नातकोत्तर सम्मको पढाई गरिसक्नु भएका अधिकारी राजनितिमा मात्रै नभएर व्यावसायमा पनि आफुलाई अवल वनाउदै लैजानु भएको छ । नेपाली काँग्रेसको मुल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै तरुणहरुलाई नेपाली काँग्रेसको चारतारे झण्डामुनि राख्ने अठोटका साथ अधिकारीले तरुणदल चितवनको कोषाध्यक्ष वन्न लागेको बताउनु भयो ।