काँग्रेसको अभिलेख संकलन तथा अभिलेखिकरणको काम सुरु

चितवन, १५ भदौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भटराईले विभिन्न आन्दोलनमा लागेर अगुवाहरुको अभिलेख संकलन तथा अभिलेखिकरणको काम सुरु गरेको बताउनु भएको छ । लोकतान्त्रीक आन्दोलनकी अगुवा ईन्द्र कुमारी अधिकारीको १३ औं दिनको पूण्यतिथिको अवसरमा आयोजित शोक सभामा वोल्दै उहाँले आन्दोलनमा योगदान पुर्याएको योद्धाहरुलाई पार्टिले सम्मान गर्न यस कार्यक्रमको सुरुवात गर्न थालेको बताउनु भएको हो ।
विभिन्न आन्दोलनमा सहभागि भई आन्दोलनलाई उचाईमा पुर्याउन सफल अधिकारीको निधनले पार्टिलाई अतुलनिय क्षती पुगेको भटराईले बताउनु भयो । देशको विकासका लागि अधिकारी जस्ता त्यागि महिला नेतृत्वको आवश्यक रहेको उहाँको भनाई थियो । सो अवसरमा वोल्दै सांसद रामकृष्ण घिमिरेले अधिकारीले समाज परिवर्तनमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्नुभयो । २०३६ साल अघि राजनितिमा हुमिनु भएकि अधिकारीले राजनैतिक कठिनाईहरु भोग्दै सवैलाई प्रेरणाको स्रोत वन्न सफल हुनु भएको उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस चित्रवन १२ वडा समितिले आयोजना गरेको सो शोकसभामा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कैलाश कोईराला, सचिव उत्तम जोशि, पूर्व सभापति टेक प्रसाद गुरुङ् महेश्वरलाल श्रेष्ठ, क्षेत्र नम्वर ५ का क्षेत्रीय सभापति लाल वहादुर दवाडी, दल वहादुर गुरुङ् लगाएतले वोल्नु भएको थियो । वि. सं. १९८६ सालमा लम्जुङ्मा जन्मनु भएकी अधिकारी २०१६ साल पछि काँग्रेसले चलाएको राप्ति दुन प्रदेश आन्दोलनका क्रममा चितवन आउनु भएको थियो । अधिकारीको एक छोरा वुहारी रहनु भएको छ । कार्यक्रम वडा सभापति कमल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।