करेन्ट लगाएर माछा मार्दा एक जनाको ज्यान गयो

दयाराम आचार्य ।
नवलपरासी,भदौ १५ ।
नवलपरासीमा करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउसो एक जनाको ज्यान गएको छ ।
नवलपारासी जिल्ला बेनिमणिपुर गाविस १ जुकाहा निवासी वर्ष १६का बुद्धिराज बि.क.को बिनय खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागर ज्यान गएको ईलका प्रहरी कार्यालय नयाँबेलहानीका प्रहरी निरीक्षक युवराज तिमील्सीनाले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक तिमल्सीनाका अनुसार घरबाट बिजुलीको तारा जोडी माछा मार्ने क्रममा केरेन्ट लागेर बि.क.को ज्यान गएको हो ।