अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी एसोसिएसन अर्थात आइ.भि.एस.ए रामपुर गठन

भदौ १५ । अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी एसोसिएसन नेपालले कृषि तथा वन विश्व विध्यालय रामपुरमा अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी एसोसिएसन अर्थात आइ.भि.एस.ए रामपुर गठन गरेको छ ।

14217973_1750395335199862_504367122_n

सोही अवसरमा आइ.भि.एस.ए मिरर नामक जर्नल पनि विमोचन गरिएको छ । कार्यक्रममा निरन्तर शिक्षा केन्द्रका निर्देशक प्राध्यापक मोहन शर्माले आइ.भि.एस.ए उत्कृष्ट संस्था भएको बताउंदै नव गठित समितिलाई शुभकामना व्यक्त गरेका छन् । यस्तै, डा.रेबन्त कुमार भट्टराईले यस संस्थालाई आवश्यक सहयोग गर्न आंफु सदैव तयार रहेको बताएका छन् । आइ.भि.एस.ए नेपाल पहिले रामपुरमा मात्र कृयाशिल थियो । तर गत महिना आइ.भि.एस.ए को अष्ट्रियाको भियनामा बसेको बैठकले आइ.भि.एस.ए नेपाललाई राष्ट्रिय सदस्य प्राप्त संस्था बनाउने बहुमतको भोटले निर्णय गरेको थियो ।

14218311_1750330135206382_267387348_n

आइ.भि.एस.ए नेपालका अध्यक्ष युवराज पन्थ का अनुसार अब आइ.भि.एस.ए नेपालको लोकल च्याप्टरहरु देशभरका भेटेरिनरी अध्ययन संस्थानहरुमा विस्तार गरिनेछ । पन्थले कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय स्थान भएको उल्लेख गर्दै यहां गठन हुने च्यप्टर आइ.भि.एस.ए रामपुर पनि उत्तिनै महत्वपूर्ण भएको बताएका छन् । आइ.भि.एस.ए रामपुरको च्याप्टरमा अनमोल कंडेलको नेतृत्वमा १० सदस्य सहितको समिती निर्माण भएको छ । जसको एक्स्चेन्ज अफिसरको रुपमा विनिता पौडेल, सम्पादकमा सुलभ कोइराला, सचिवमा रञ्निता बास्तोला र कोषाध्यक्ष्ँ खिम बहादुर आले रहेका छन् ।

14159229_1750395308533198_631390632_n

यस्तै, सदस्यहरुमा भानुभक्त गौतम, दिपा चौधरी, बिनोद पोखरेल, अम्रित पाण्डे र सूचना घिमिरे रहेका छन् । आइ.भि.एस.ए रामपुरको गठन लगत्तै अब आइ.भि.एस.ए पक्लिहवा, हिमालयन कलेज अफ साइन्स एण्ड टेक्नोलोजी, काठमाडौं र नेपाल पोलिटेक्निक इन्स्टिट्युटमा पनि चांडै गठन गरिने छ । आइ.भि.एस.ए नेपाल ५६ ओटा देशकै संस्थाहरु मध्ये उत्कृष्ट कार्यशैलीको कारण आइ.भि.एस.ए एक्सिलेन्सी अवार्ड मार्फत सम्मानित भएको थियो ।