शुरु भयो भरतपुरमा शैक्षिक मेला

प्रकाश ज्ञवाली
चितवन, १५ भदौ । भ्रमण, अवलोकन वा अध्ययनविना कुनैपनि नया विषयको ज्ञान प्राप्त गर्न सकिदैन । जुनसुकै विषयको ज्ञाता आफूलाइ सावित गर्न सम्वन्धित विषयको अध्ययन नितँन्त जरुरी छ । त्यसका लागि यस्ता मेला,महोत्सव वा प्रदर्शनी पनि एउटा माध्यम हुन् । शैक्षिक मेला विशुद्ध शैक्षिक जानकारीहरुको प्याकेज हो । चितवनको भरतपुरमा पनि यसवर्षको शैक्षिक प्रदर्शनी शुरु भएको छ । चितवन ग्रिन लायन्स क्वल र चितवन ग्रिन लियो क्वलको आयोजनामा एनपिआई चितवन शैक्षिक मेला २०७३ शुरु भएको हो । भदौ १७ गतेसम्म संचालन हुने शैक्षिक मेलामा ५० भन्दा वढी स्वेदेशी शैक्षिक संघसस्थाहरु सहभागि भएका छन् ।

14064180_1310672138950596_1443157792337979035_n

नया युगको नया सोचाई,स्वेदेशी शिक्षा हाम्रो रोजाई भन्ने मूल नाराका साथ शैक्षिक मेला आयोजना गरिएको चितवन ग्रिन लायन्स क्वलका अध्यक्ष माधव रेग्मीले जानकारी दिनुभयो । चितवन,नवलपरासी तथा आसपासका क्षेत्रमा भर्खरै १२ कक्षा उर्तिण गरेका ,परीक्षा दिएर वसेका एवम् ११,१२ कक्षा पढ्दै गरेका विद्यार्थीहरुलाई आगामी अध्ययन कसरी गर्ने भन्ने अन्योलता वढीरहेको समयमा त्यसलाई चिर्न पनि शैक्षिक मेला कोषेढुंगा सावित हुने आयोजकले दावी गरेका छन् । अर्को महत्वपूर्ण विषय उच्च शिक्षा हासिल गर्न विदेश जानु पर्देन,घरआगनमै पनि गुणस्तरीय र राम्रँ शैक्षिक सस्थाहरु छन् भन्ने जानकारी विद्यार्थी र अभिभावकलाई दिनका लागि मेला सफल हुने मेलाका व्यवस्थापक किशोर सापकोटाले जानकारी दिनुभयो ।

नेपालका शिक्षालयहरुले पनि विदेशी गुणस्तरको शिक्षा प्रदान गर्न सक्छन् भन्ने पुष्टि भईसकेको समयमा आयोजना गरिएको शैक्षिक मेलाले विद्यार्थी र अभिभावक एवम् शिक्षाप्रेमीहरुलाई नया विषयको खुलेर जानकारी लिने अवसर प्राप्त हुनेछ । शैक्षिक मेलाको पहिलो दिन वुधवार विहान वृहद शोभायात्रा पनि निकालिएको छ । शोभायात्रामा विभिन्न शिक्षालयका विद्यार्थी,शिक्षक,अभिभावक,शिक्षाप्रेमी व्यक्तित्व गरी हजारौंको सहभगिता रहेको थियो । सघै राजनीतिक नारा वोकेर पार्टीका झण्डा हल्लाउदै विद्याथीहरु हिड्ने देखिएकोमा वुघवारको शोभार्यालीले फरक महशुष गरायो । सो पश्चात एक विशेष कार्यक्रमका विच शैक्षिक मेलाको उद्घाटन गरिएको थियो । शिक्षाविद् एवम् मध्यामाञ्लल क्षेत्रीय प्रशासक डा लवदेव शर्मा अवस्थीले मेलाको उद्घाटन गर्नुभएको थियो ।14142050_1310672242283919_2725743880257034875_n

सो अवसरमा उहाले चितवनले निरन्तर शैक्षिक मेला गरेर शिक्षाक्षेत्रको विकास र स्वेदेशी शिक्षाको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको वताउनुभयो । त्यसैगरी शैक्षिक मेलाका व्राण्ड एम्वेस्डर ऋषि धमलाले चितवनमा भईरहेको शैक्षिक मेला उदाहरणीय भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि नेपालमै अध्ध्यन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य ,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम,चितवन उद्योग संघका सचिव लक्ष्मण अर्याल,प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी,लायन्स क्वल अफ ३२५ विटु नेपालका गर्भनर एमजेएफ घनश्याम भट्टराई, अक्सफोर्ड कलेजका प्रिन्सिपल हरी भण्डारी,एनपिआई का प्रिन्सिपल वावुराम उपाध्याय लगायतले उच्च शिक्षाका लागि नेपाली शैक्षिक सस्था अत्यन्त गुणस्तरीय भएको चर्चा गर्नुभएको थियो ।

भरतपुरको होटल रोयल सेन्चुरीमा भईरहेको शैक्षिक मेलामा आईटी, इन्जिनियरिङ, मेडिकल, कम्प्युटर, म्यानेजमेन्ट, शिक्षा, सम्वन्धी कलेजहरुको सहभागिता रहेको छ । चितवनका अलावा रुपन्देही,नवलपरासी,पोखरा,काठमाण्डौं लगायतका स्थानमा संचालिन कलेजहरुले विषय विशेषज्ञहरु राखेर विद्यार्थीहरुलाई काउन्सिलिङ गरिरहेका छन् । स्वेदेशी शैक्षिक सस्थाहरुको प्रवद्र्धन र विद्यार्थी एवम् अभिभावकको उत्साहका लागि यो शैक्षिक मेला सफल हुनेमा दुईमत छैन ।