वृद्धवृद्धाहरुलाई तीजको अवसरमा दर तथा कपडा वितरण

देवघाट, १५ भदौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा उज्यालो चितवन भरतपुर र नेपाल नारी चेतनशिल शाखा कार्यालय चितवनको संयुक्त आयोजनामा देवघाटका वृद्धवृद्धाहरुलाई तीजको अवसरमा दर तथा कपडा वितरण कार्यक्रम सम्पन्न भयो । teej
मञ्जुश्री असाहय संरक्षण केन्द्रको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि युवा व्यवसायी राकेशमान श्रेष्ठ रहेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य उज्यालो चितवनका अध्यक्ष मिलन लामा गोलेले गरेका थिए ।
मञ्जुश्री असाहय संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खा“डको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी राजु भट्ट र पिजन इन्टरनेशनलका प्रबन्ध निर्देशक राजेन्द्रकुमार श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा १२ जना पुरुष र २२ जना महिलाहरुलाई कपडा वितरण गरिएको थियो ।