आ.ई.भि.एस.ए. रामपुरमा कडेंल

14159947_1750330115206384_1456532239_n

बिशाल सापकोटा,

चितवन, १५ भदौ । अन्र्तराष्ट्रिय भेटेरिनरी बिद्यार्थी एशोसिएसन नेपाल (अईभिएसए नेपाल) ले कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरमा आफ्नो कमिटी बिस्तार गरेको छ ।

रामपुर क्याम्पस परिसरमा आज (बुधबार) आयोजित एक समारोहका बिच अनमोल कडेंलको अध्यक्षतामा १० सदस्यीय आई.भि.एस.ए. रामपुर कमिटी बिस्तार गरिएको हो ।

नव गठित कमिटीको एक्सचेन्ज अफिसरमा बिनिता पौडेल, ईडिटरमा सुलभ पौडेल, सचिबमा रन्जिता बास्तोला, कोषाध्यक्षमा खिम बहादुर आले, सदस्यहरुमा क्रमशः भानुभक्त गौतम, दिपा चौधरी बिनोद पोखरेल, अमृत पाण्डे, सुचना घिमिरे चयन हुनु भएको छ ।

यस्तै सोहि कार्यक्रमका बिच आई.भि.एस.ए. मिरर  नामक जर्नल समेत बिमोचन गरिएको नवनिर्वाचित अध्यक्ष अनमोल कडेंलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै निरन्तर शिक्षा केन्द्रका निर्देशक प्राध्यापक मोहन शर्माले आई.भि.एस.ए. उत्कृष्ट संस्था भएको दाबी गर्दै नव गठित कमिटीलाई सफलताको शुभकामना दिनुभएको थियो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी डाक्टर रेबन्त कुमार भट्टराईले आई.भि.एस.ए. लाई सघाउन आँफु सदैब रहने प्रतिबद्धता जनाउनुभयो ।

आई.भि.एस.ए. नेपाल पहिले रामपुर क्याम्पसमा मात्र कृयाशिल थियो । तर गत महिना आई.भि.एस.ए.को अस्ट्रियामा बसेको कंग्रेशले आई.भि.एस.ए.नेपाललाई राष्ट्रिय सदस्य संस्था बनाउन प्रस्ताब गरेको थियो ।

आई.भि.एस.ए. नेपालका अध्यक्ष युवराज पन्थका अनुसार अब देशभरी नै यसका स्थानिय कमिटीहरु बिस्तार गर्ने योजना छ । चितवनका अन्य क्याम्पसमा पनि यस संस्थाको कमिटी गठन गर्ने तयारी छ ।

गएको कार्यकालमा बिश्वका ५६ ओटा देशका संस्थाहरु मध्य आई.भि.एस.ए.नेपाल आफ्नो उत्कृष्ट कार्यशैलीका कारण “IVSA Excellancy Award” बाट समेत सम्मानित भएको थियो ।

यो संस्थाले बिशेष गरि भेटेरिनरी शिक्षा, जनावरको स्वास्थ्य, र भेटेरिनरी पेशाको अवस्था र प्रगतिबारे अध्ययन र काम गर्ने गर्छ ।

Promise Education Consultancy