बरिष्ठ पत्रकार चितवन पोष्ट दैनिकका सम्पादक अर्याल सम्मानित (भिडियोसहित)

चितवनका बरिष्ठ अग्रज पत्रकार धर्मराज अर्याल सम्मानित भएका छन् । पर्यटकीय नगरी सौराहामा स्थापना गरिएको चेपाङ्ग संग्राहलय उद्धघाटनको अवसरमा चितवन पोष्ट दैनिकका सम्पादक समेत रहेका अर्याललाई चेपाङ्ग समुदायको उत्थान र सामाजिक रुपान्तरण पत्रकारिता मार्फत दुई दशक बढी योगदान पु¥याएको भन्दै सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

20160831_093944उनलाई कान्तिपुर दैनिकका समाचार सम्पादक अखण्ड भण्डारी र गामवेशीको संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले संयुक्त रुपमा सम्मान पत्रसहित सम्मानित गरेका थिए ।

 

पत्रकारिता मुल विषय नै लिएर पत्रकारितामा सक्रिय अर्यालले कविका रुपमा समेत परिचित छन् । चितवनमा मुलधार पत्रकारिता र दैनिक पत्रिका स्थापना गर्न उनी जिल्लाकै पहिलो पत्रकार समेत हुन् । उनी २०३८ सालबाट चितवनमा पत्रकारितामा आएका थिए

२०५३ सालका राष्ट्रिय समाचार समितिको कार्यकारी सम्पादक पदका राजिनामा दिई आफ्नै पत्रिका चितवनपोष्ट दैनिक निकालेका थिए । चितवनमा अलग भिन्न धारका प्रस्तुत िदिने पत्रकारका रुपमा अर्याल चर्चित छन् ।