वडा कार्यालय बनाउन नगरपालिकालाई जग्गा हस्तान्तरण

चितवन, १४ भदौ । रत्ननगर नगरपालिकाको कार्यालयलाई रत्ननगर ८ निवासी राम बहादुर अधिकारीले १० धुर जग्गा प्रदान गर्नुभएको छ ।

अधिकारीले रत्ननगर ८ स्थित बैरिया मा.बि.सँग जोडिएको १० धुर जग्गाको जग्गाधनि पुर्जा आज (मंगलबार) एक कार्यक्रमका बिच नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

रत्ननगर नगरपालिकाले सार्बजनिक जग्गा खोजि तथा ऐलानी जग्गा संरक्षणमा पहल गर्ने कार्य गर्दै आएको छ ।

यस्ता जग्गा सार्बजनिक प्रयोजनका मठ, मन्दिर, भवन ईत्यादीका लागी प्रयोग गर्ने गरिएको छ ।

सोहि क्रममा आज (मंगलबार) ब्यक्तिगत जग्गा प्राप्त हुनुले बाँकी रहेका ऐलानी जग्गा संरक्षणमा थप मदत पूग्नेमा आशाबादी रहेको नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेले बताउनुभयो ।

कार्यक्रममा जग्गादाता राम प्रसाद अधिकारीले सो जग्गामा वडा कार्यालय र आफ्नी आमाको स्मृति प्रतिमा स्थापना गरिदिन आग्रह गर्नुभएको थियो ।

यस्तै सोहि कार्यक्रममा बोल्दै वडा नम्बर ८ का सचिब खगनाथ पराजुलीले अब सो जग्गामा नगरपालिकाको स्वामित्व भईसकेको बताउँदै अनुमति पाए त्यहाँ अन्य ऐलानी जग्गा समेत एकिकरण गरि वडा कार्यालय बनाउने बताउनुभयो ।

जग्गा हस्तान्तरण समितीका संयोजक युग थापाले वडा नम्बर ८ कार्यालय बनोस भनेरै दातालाई जग्गा प्रदान गर्न आग्रह गरेको बताउनुभयो ।

कार्यक्रमका अधिकांश सहभागीले सो १० धुर जग्गामा वडा नम्बर ८ को वडा कार्यालय बनाईनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ८ का सचिब खगनाथ पराजुली, पहल समितीका संयोजक युग बहादुर थापा, नेपाली कांग्रेस वडा नम्बर ८ का सभापति कलाधर पौडेल, नेकपा एमाले वडा नम्बर ८ का अध्यक्ष कमल बहादुर घिमिरे, राप्रपा नेपालका प्रतिनिधिका साथै सामुदायीक रेडियो, रेडियो अर्पण १ सय ४ थोप्लो ५ मेगाहर्जका कार्यकारी अध्यक्ष बेदप्रसाद आचार्य लगायतको उपस्थिती थियो ।