मानव र वन्य जन्तु बिचको द्धन्द्ध न्युनिकरण सम्बन्धि अन्र्तक्रिया

चितवन ,भदौ १३ । राष्ट्रिय निकुञ्ज वरपरका वस्तिमा मानव र वन्य जन्तुलाई समान संरक्षण गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय कृषक समुह महासंघ नेपाल चितवनले पुर्वि चितवनको कुमरोजमा आज आयोजना गरेको मानव र जन्य जन्तु बिचको द्धन्द्ध न्युनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । मानव भन्दा वन्य जन्तुको संरक्षणलाई बढी मुल्याङकन गरिएको भन्दै मानव संरक्षण सहित बालिनालीको पनि उचित क्षतिपुर्ति दिनुपर्ने उनिहरुले भनाई छ । साथै बालीनालीको कुल उत्पादनको ७५ प्रतिशत क्षतिपुर्ति पाउनुपर्ने उनिहरुले माग गरेका छन् । samarsana
राष्ट्रिय कृषक समुह महासंघ नेपाल चितवनका जिल्ला कार्यसमिती अध्यक्ष लेखनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक अधिकृत अभिनय पाठक प्रमुख अतिथी तथा बुढी राप्ती उपभोक्ता समुहका अध्यक्ष नारायण दत्त तिमिल्सिना विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै सहायक निकुञ्ज अधिकृत अभिनय पाठकले आफु सकारात्मक भएको बताउनुभयो । वन्य जन्तुको आक्रमणबाट भएका मृत्युको क्षतिपुर्ति , घाईतेको औषधि उपचार सहित बालिनालिको उचित क्षतिपुर्ति बारे उचित बजेट निकासा गर्नुपर्ने मान्यता राख्दै पहल भईरहेको पनि बताउनुभयो । यसैगरि बुढी राप्ती उपभोक्ता समुहका अध्यक्ष नारायण दत्त तिमिल्सिनाले मध्यवर्ति क्षेत्रका उपभोक्ताहरु बढी प्रभावित भएकाले सम्बन्धित निकायलाई अनुगमन गर्न आग्रह गनुभयो ।
कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ नेपाल चितवनका केन्द्रिय सचिव चन्द्र प्रसाद अधिकारी , सचिव कृष्ण मुरामरी घिमिरे , नगरपालिका महासंघ खैरहनीका अध्यक्ष रामचन्द्र रिजाल लगायतले बोल्नुभएको थियो । सो अन्र्तक्रिया कार्यक्रममा बुढी राप्ती उपभोक्ता समिती खैरहनी वडा नं. ११ , १२ र १३ का कृषकहरु , राष्ट्रिय निकुञ्जको सहभागिता रहेको थियो । कार्यक्रम महासंघका जिल्ला कोषाध्यक्ष राजकुमार पौडेलले सञ्चालन गर्नुभएको थियो ।